काठमाडौं । सरकारले सोमबार (आजदेखि) देखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिने भएको छ । शुक्रबार चीनबाट कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप ल्याएपछि अभियान सुरु गरिएको हो ।
यस पटकको खोप अभियान मनाङ, मुस्ताङ र रुकुमपुर्व बाहेकका सबै जिल्लामा अभियान संचानल हुने स्वास्थ्य सेवा विभाग अन्तगर्तको खोप शाखाले जनाएको छ । दोस्रो मात्रा कार्तिक ४ देखि १४ सम्म हुने महाशाखाको भनाइ छ ।
ताप्लेजुङ, संखुवासभा, सोलुसुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला गरी १० जिल्लाका १८ वर्ष भन्दा माथिका सबै खोप लगाउन बाँकी नागरिकलाई खोप लगाइने छ ।
यस्तै वाग्मती प्रदेशको काभ्रेपलान्चोक र चितवनका ३५ वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई लक्षित गरि खोप कार्यक्रम संचालन गरिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम गरी ७ जिल्लाका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका छुटेका विद्यार्थीलाई खोप लगाइने ।
अन्य ५८ जिल्लाहरु मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका ५५ जिल्लामा ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यर्थाीलाई भेरोसेल खोप दिइनेछ ।
यस्तै सरकारले कोभिशिल्ड र अस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकले भेरोसेल खोप लगाउन नहुनेबारे पनि जानकारी गराएको छ ।
चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप शुक्रबार नेपाल ल्याइएको थियो ।