काठमाडौं । उपत्यकामा मंगलबार मन्त्रिपरिषद् बैठक, राष्ट्रिय सभा बैठकलगायत दर्जनौं कार्यक्रम हुँदैछन् । दलीय कार्यक्रम, सामाजिक तथा विद्यार्थी आन्दोलनका समेत कार्यक्रम रहेको छ । जसमध्ये केही महत्वपूर्ण विवरण यहाँ दिइएको छ ।
................
मिति २०७८/०६/०५ गते ।।
उपत्यकामा आज हुने कार्यक्रमहरू ।।
१.नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को १४ औं वडा अधिवेशन हुने ।
स्थान :- क्लब मोसेस, नारायणटार ।
समय :- ८:०० बजे ।
२.नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं ७ को १४ औं वडा अधिवेशन हुने ।
स्थान :- आर. बि होम्स, मित्रपार्क ।
समय :- ८:०० बजे ।
३.नेपाली काङ्ग्रेस कामनपा ९ नम्वर वडा अधिवेशन कार्यक्रम हुने ।
स्थान :- अनुपम फुड ल्याण्ड, पत्तिसपुतली ।
समय :- ८:०० बजे ।
४.नेपाली काङ्ग्रेस रौतहट क्रियाशिल सदस्यतामा भएको धाधली विरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम गर्ने ।
स्थान :- नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपा, ललितपुर ।
समय :- ९:०० बजे ।
५.नेपाल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा धर्ना कार्यक्रम गर्ने ।
स्थान :- नेपाल वायुसेवा निगमको कार्यालय, सुन्धारा ।
समय :- १०:३० बजे देखि १२:३० बजे सम्म ।
६.नेपाली काङ्ग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ कार्यक्रम समितिले १४ औ वडा महाधिवेशन गर्ने ।
स्थान :- शुभश्री पार्टी प्यालेस, काँडाघारी ।
समय :- १०:०० बजे ।
७.नेपाली काङ्ग्रेस कामनपा ५ नम्वर वडा अधिवेशन कार्यक्रम हुने ।
स्थान :- नयाँ बजार मल्टि भेन्यू ।
समय :- ११:०० बजे ।
८.नेपाली कांग्रेस तार्केश्वर नगरपालिका-४. वडा कार्यसमितिले नेपाली कांग्रेस १४ औ महाअधिवेशन वडा अधिवेशन गर्ने ।
स्थान :- पुरानो गुह्येश्वरी मन्दिर ।
समय :- ११:०० बजे ।
९.बुढिगण्डकी राष्ट्रिय सराेकार समितिले माेडालिटि तयार गरि बुढिगण्डकी आयोजना निर्माण सुरु गर्नुपर्ने माग राखि दबाब मुलक दर्ना दिने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १२:०० बजे ।
१०.संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने ।
स्थान :- संघीय संसद भवन, नयाँ बानेश्वर ।
समय :- १३:०० बजे ।
११.नेकपा (एमाले) का अध्यक्ष केपी शार्मा ओलीको
प्रमुख आतिथ्यतामा रमेश रूछेन राईद्वारा लिखित पुस्तक श्वेतशार्दूल : मदन भण्डारीको जीवनको सार्वजनिक कार्यक्रम हुने ।
स्थान :- राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ।
समय :- १३:०० बजे ।
१२.मानव अधिकार तथा शान्तिसमाजले विश्व शान्तिका लागि प्रदर्शन गर्ने ।
स्थान :- माइतिघर मण्डला ।
समय :- १३:०० बजे देखि १३:३० बजे सम्म ।
१३.नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा नवनियुक्त अनेरास्ववियुका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम हुने ।
स्थान :- राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग ।
समय :- १३:३० बजे ।
१४.मन्त्री परिषदको बैठक बस्ने ।
स्थान :- सिंहदरबार ।
समय :- १६:०० बजे ।
१५.नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को १४ औं वडा अधिवेशन हुने ।
स्थान :- गोकर्ण हिल साइड, जगडोल ।
समय :- १६:०० बजे ।
१६.युवा संगठन नेपाल काठमाण्डौ, ललितपुर र भक्तपुरले लागू औषध दुर्बेसनिका बिरुद्ध विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान :- शान्तिबाटीका, रत्नपार्क ।
समय :- नखुलेको ।
१७.नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ/ नगर वडा अधिवेशन हुने ।
स्थान :- अधिवेशन गर्न बाँकि रहेको २० जिल्लामा ।
समय :- नखुलेको ।
१८.क्याथपोर्ड कलेज ललितपुरमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न मागराखि कलेज प्रशासनमा श्रावन २४ गते गरेको तालाबन्दी जारी ।