काठमाडौं । बुधबार कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत विभिन्न क्षेत्रमा वडा अधिवेशन, नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक लगायत कार्यक्रम हुँदै छन् ।
हेरौं केही गतिविधि
१.नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ कार्यसमितिले १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन गर्ने ।
स्थान :- कागेश्वरी मनोहरा - ७ अमरसिं चोक स्थित कभर्ड हल ।
समय :- ८:०० बजे ।
२.नेपाली काङ्ग्रेस रौतहट क्रियाशिल सदस्यतामा भएको धाधली विरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम गर्ने ।
स्थान :- नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपा, ललितपुर ।
समय :- ९:०० बजे ।
३.नन्दप्रसाद अधिकारीको न्यायको लागि सातौं बार्षिकी कार्यक्रम हुने ।
स्थान :- वीर अस्पतालको इमर्जेन्सी गेट ।
समय :- १०:०० बजे ।
४.नेपाल वायुसेवा निगम युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल वायुसेवा निगम कर्मचारी संघले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा धर्ना कार्यक्रम गर्ने ।
स्थान :- नेपाल वायुसेवा निगमको कार्यालय, सुन्धारा ।
समय :- १०:३० बजे देखि १२:३० बजे सम्म ।
५.नेपाली काङ्ग्रेस (वी.पी.) को नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने ।
स्थान :- वी.पी. संग्रहालय, सुन्दरीजल ।
समय :- ११:०० बजे ।
६.नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक बस्ने ।
स्थान :- अर्पण बैंक्वेट, नयाँ बानेश्वर ।
समय ::- ११:०० बजे ।
७.विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय, सिंहदरबार ।
समय :- ११:०० बजे ।
८.राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको बैठक बस्ने ।
स्थान :- केन्द्रीय कार्यालय, धुम्बाराही ।
समय :- ११:३० बजे ।
९.बुढिगण्डकी राष्ट्रिय सरोकार समितिले मोडालिटि तयार गरि बुढिगण्डकी आयोजना निर्माण सुरु गर्नुपर्ने माग राखि दबाब मुलक दर्ना दिने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १२:०० बजे ।
१०.शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १२:३० बजे ।
११.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १३:०० बजे ।
१२.अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं २ को क्षेत्रिय समितिले नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा मध्यपुर थिमी नगर स्तरीय भेला तथा समिति गठन कार्यक्रम गर्ने ।
स्थान :- शंखधर पार्टी प्यालेस, नयाँ थिमी, भक्तपुर ।
समय :- १५:०० बजे ।
१३.क्याथपोर्ड कलेज ललितपुरमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न मागराखि कलेज प्रशासनमा श्रावन २४ गते गरेको तालाबन्दी जारी ।