व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा होमिनुभएका बद्री मैनाली नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।
नुवाकोटको सूर्य गढीगाउँपालिका-३ मा २०३३ साल जेठ २ गते जन्मनुभएका मैनाली २०५५ सालमा नेकपा (एमाले) संस्थागत सदस्य लिनुभएको हो । छोटो समयमै राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम मैनाली २०७४ सालको निर्वाचनमा नुवाकोट १ (२) मा वाम गठबन्धनका तर्फबाट निर्वाचित हुनुभएको थियो ।
निवर्तमान वाग्मती प्रदेशसभा सदस्य मैनालीले २०७८ सालमा कृषि तथा सहकारी राज्यमन्त्रीको पद सम्हाल्नुभयो । नेकपा एमालेको नुवाकोटको अध्यक्षसमेत रहनुभएका मैनाली १ छोरा र ३ छोरीसहित हाल काठमाडौ महानगरपालिका १६, बनस्थलीमा बस्दै आउनुभएको छ ।
औपचारिक शिक्षा स्नातक गर्नुभएका मैनालीले पार्टी राजनीतिअन्तर्गत एमाले शिक्षा र मानव संशाधन विभागको सदस्य, केन्द्रीय समिति नेकपा एमाले क्षेत्रीय २ को उपाध्यक्ष, नुवाकोट बौद्धिक परिषद् सदस्य, ठूला व्यापारिक आवासको ईन्चार्ज र अध्यक्ष हुनुभयो ।
नम्र शैलीका मैनालीले विभिन्न व्यवसायमा हात हाल्नुभएको छ । उहाँको बद्री मैनाली कार्पेट उद्योग, हिरारत्न हाइड्रोपावरको प्रालिको अध्यक्ष, २०६३ सालदेखि हालसम्म गोसाइँकुण्ड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, २०६३/६४ मा नेपाल प्रत्यक्ष बजार संघको अध्यक्ष, २०६५ देखि मैनाली प्रोपर्टी डिलर्स प्रालिको अध्यक्ष, नुवाकोट शित भण्डार प्रालिको अध्यक्ष, सिनर्जी हाइडोपावर लिमिटेडको प्रवर्द्धक तथा गोसाइँकुण्ड हाउजिङ कम्पनीको संचालक हुनुहुन्छ ।
व्यावसायिक र राजनीतिक उद्देश्यले उहाँले अमेरिका, युरोपलगायत १ दर्जन राष्ट्र घुम्नुभएको छ ।