सिन्धुलीमा पनि अन्यत्र जस्तै दलीय र स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । यस्तै चुनावी चटारोमा हुनुहुन्छ, सिन्धुली क्षेत्र नम्बर २ (१) का उम्मेदवार छेत्रबहादुर बम्जन । उहाँ जित आफ्नो पोल्टामा पार्नका लागि मतदाता भेटघाटमा लागिराख्नुभएको छ । नेपाली कांग्रेसका नेता बम्जन वाम-लोकतान्त्रिक गठबन्धनका संयुक्त उम्मेदवार हुनुहुन्छ । बम्जन गठबन्धनको उम्मेदवार हुँदा र आफ्नो सामाजिक कार्यका कारणले पनि नागरिकले भोट दिनेमा विश्वस्त हुनुहुन्छ । झण्डै साढे पाँच दशक उमेरका बम्जन जीवनकालमा धेरै सामाजिक कार्यमा खर्च गर्नुभएको छ । बम्जनले धेरै दुःखपीडामा परेका नागरिकलाई मलम लगाउने काम गर्दै आउनुभएको छ ।
बम्जनका समाजसेवा
छेत्र बम्जन लामो समयदेखि निर्माण व्यवसाय र नेपाली कांग्रेसमा आबद्ध भएर सक्रिय राजनिति गर्दै आउनुभएको छ । वि.स २०२४ सालमा कमलामाई नगरपालिका-२ गोडडाँडामा जन्मनुभएका बम्जनले कमला उच्च माद्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । निर्माण व्यवसायसँगै समाजसेवामा सक्रिय बम्जन यसै कामले गर्दा सरकारी तथा गैरसरकारी संघ संस्थाबाट सम्मानित हुनुभएको छ । उहाँले हालसम्म दर्जनौं निर्माणका कामहरु जिल्लामा सम्पन्न गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकाको बन्चरेदेखि झप्सी जोड्ने सडक निर्माण, धनमन खोला कुसदमार लेम्बुटार सडक, हाक्पारा माझखेतमा पक्की कुलो निर्माण गर्नुभएको छ ।
यस्तै मरिण गाउँपालिकाको वाइबाडाँडा मोटरबाटो, हरिहरपुरगढीको घन्टेदेखि चिसोपानी बाटो मर्मत उहाँको नेतृत्वमा सम्पन्न भएको छ । समाजसेवामा पनि निकै चासो राख्नुहुने प्रदेश सांसदका उम्मेदवार बम्जनले मरिणको कपिलाकोटमा खानेपानीको ट्यांकी निर्माण गर्नुभएको छ । जसबाट ७० घरपरिवार लाभान्वित भएका छन् ।
मरिणमा आगलागीबाट घरमा क्षति पुगेका नागरिकलाई जस्तापाता र सिमेन्ट सहयोग गर्नुका साथै सो आर्थिक सहयोग पनि गर्नुभएको छ । घरदैलो कार्यक्रममा निकै व्यस्त र सक्रिय बम्जनले समाजसेवामा निकै महत्वपूर्ण योगदान गर्नुभएको छ । बिजुलीको महसुल तिर्न नसकेका परिवारलाई, भूकम्प पीडितलाई घरनिर्माणका लागि निर्माण सामग्री ओसारपसारका लागि सवारी साधन खर्च पनि तिरिदिनुभएको उहाँले सुनाउनुभयो ।
खेलजगतलाई सम्मान गर्दै विभिन्न ठाउँमा फुटबल मैदान बनाइदिनुका साथै विभिन्न समुदायले मान्दै आउनुभएको गुम्बा, चर्चजस्ता धार्मिक क्षेत्रमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ ।
देशमा विपद् पर्दा आफ्नो सवारी साधनलाई एम्बुलेन्स बनाएर नागरिकलाई सेवा दिनुका साथै, भूकम्पपीडितलाई काठमाडौंदेखि सिन्धुलीसम्म सवारीसाधनको पनि व्यवस्था गर्नुभएको थियो । सो समयमा नागरिकलाई उहाँले ५६ वटा सवारी साधनमार्फत सहयोग गर्नुभएको थियो । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पनि आर्थिक सहयोग गर्दै आउनुभएको छ भने निर्माण कार्यमार्फत अहिलेसम्म झण्डै ५ देखि ७ सयसम्म नागरिकलाई रोजगारी प्रदान गर्नुभएको छ ।