धनुषा,रासस । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकी एमालेकी जुलीकुमारी महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषा निर्वाचन क्षेत्रमा अरू उम्मेदवारहरू चुनावी मैदानमा रहे पनि यहाँ द्विपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
यस क्षेत्रबाट नेपाली कांग्रेसका ‘हेभीवेट’ नेता विमलेन्द्र निधि समानुपातिकतर्फ बसेपछि गठबन्धनको भागबन्डामा यो क्षेत्र लोसपालाई परेको हो । चुनाव नजिकिएसँगै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका झा र महतोसहित अरू उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा मत पार्न उहाँहरु मतदातलाई भेट्नाका साथै विभिन्नखाले रणनीति बनाउन व्यस्त छन् ।
विसं २०७४ को निर्वाचनमा झा रौतहट–१ बाट निर्वाचित हुनुभएकाे िथयाे । यसपटक त्यो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका साझा उम्मेदवार बनेपछि झा धनुषा–३ मा चुनाव लड्न अाउँनु भएकाे हाे। जबकी झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसक्नु भएको छ ।
उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित हुनुभएकाे िथयाे । यसपटक पनि झाको उम्मेदवारीको टुङ्गो नलाग्दा जुलीले यस क्षेत्रबाट चुनाव लड्ने तयारी गरि सक्नुभएको थियो । । प्रतिनिधसिभा सदस्यका लागि धनुषा–३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठकी पत्नी हुन् । रघुवीर धनुषा–४ बाट चुनाव लड्नु भएकाे छ ।
चुनाव नजिकिएसँगै यो क्षेत्रमा ‘बहारिया र भितरिया’ अर्थात् बाहिरकालाई नभएर स्थानीय उम्मेदवारलाई निर्वाचित गराउन कतिपयले बताउँनुभएकाे छ । अघिल्लो पटक सर्लाहीबाट आएर तत्कालीन राजपाका राजेन्द्र महतो यसै क्षेत्रबाट निर्वाचित हुनुभएकाे िथयाे।
उहाँ पनि जिल्ला बाहिरका उम्मेदवार हुनुहुन्थ्यो । त्यो बेला महतोलाई चुनाव जिताउन एमालेले ‘अदृश्य’ सहयोग गरेको थियो । अघिल्लो पटक बाहिरका उम्मेदवारलाई जिताउन सहयोग गरेको एमालेका नेता–कार्यकर्ताले यतिबेला यो तर्क गर्न नमिल्ने गठबन्धन पक्षधरहरूको भनाइ छ ।