काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार विभिन्न कार्यक्रम हुँदैछन् । राजनीतिक तथा सामाजिक कार्यक्रममध्ये ग्लोबल मिडियालाई प्राप्त झन्ड दुई दर्जन विवरण जानकारीका लागि प्रकाशित गरिएको छ ।
उपत्यकामा आज हुने कार्यक्रमहरू
१.नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- सतुंगल पार्टी प्यालेस, सतुंगल ।
समय :- ७:०० बजे ।
२.राष्ट्रिय युवा संघ नेपाल सूनपा ६ नं. वडा कमिटीले खुल्ला रक्तदान कार्यक्रम गर्ने ।
स्थान :- सूर्यविनायक चोक, भक्तपुर ।
समय :- ७:०० बजे ।
३.नेकपा (एमाले) गोकर्णेश्वर नगरपालिका ८ नं. वडा कमिटीले टोल कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम गर्ने ।
स्थान :- गोकर्णेश्वर नगरपालिका ८ ।
समय :- ७:०० बजे ।
४.नेपाल स्काउट केन्द्रिय कार्यालयले विश्व सम्पदा दिवस को अवसरमा साइकल र्र्याली कार्यक्रम गर्ने ।
स्थान :- मंगलबजारमा भेला भै पुल्चोक कुपोन्डोल हुँदै बसन्तपुर पुगेर समापन हुने ।
समय :- ७:३० बजे ।
५.हाम्रो नेपाल हामी नेपाली अभियानले MCC बिरुद्ध विरोध सभा गर्ने ।
स्थान :- ठेचो मरंफल्चा, ललितपुर ।
समय :- ८:०० बजे ।
६.नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा काठमाडौँ महानगरपालिका वडा नं ३० अन्तर्गत राष्ट्रिय युवा संघ, नेपाल को वडा इकाई कमिटि गठन कार्यक्रममा हुने ।
स्थान :- रक हाउस क्याफे, रातोपुल ।
समय :- ८:०० बजे ।
७.नेपाली कांग्रेस गोकर्णेश्वर नगर पालिका वडा नं ६ इकाइ समिति परिवारले १४ औं वडा अधिबेशन बाट निर्वाचित ब्यक्तिहरूलाई प्रमाण पत्र बितरण कार्यक्रम गर्ने ।
स्थान :- क्लब मोसेस, नारायण्टार ।
समय :- ८:०० बजे ।
८.यहि असोज १३ गते दिनको १२:०० बजे काठमाडौमा हुन गईरहेको राप्रपा काठमाडौको बिशाल बिरोध प्रदर्शन कार्यक्रमको तयारिका लागि संखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, प्रदेश क, प्रदेश ख अनि राप्रपा क्षेत्र नम्बर २ को सयुक्त बैठक बस्ने ।
स्थान :- राप्रपा नगर कार्यालय, साँखु ।
समय :- ८:०० बजे ।
९.नेकपा (एमाले) ३१ नं. वडा कमिटीले वडा स्तरीय नेपाल खेलकुद महासंघ गठन कार्यक्रम गर्ने ।
स्थान :- अर्याल होटेल, नयाँबानेश्वर ।
समय :- ८:०० बजे ।
१०.नेपाल इन्जिनियरिङ कलेज स्थापनाको २६ वर्ष पूरा गरी २७ वर्षमा प्रवेश गरेको अवसरमा २७ औं स्थापना दिवस कार्यक्रम गर्ने ।
स्थान :- नेपाल इन्जिनियरिङ कलेज, सभाहल
चाँगुनारायण, भक्तपुर ।
समय :- ८:३० बजे ।
११.नेकपा माओवादी (केन्द्र) मेलुङ-काठमाडौं सम्पर्क समितिले भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- माओवादी केन्द्रको केन्द्रीय कार्यलय, पेरिस डाँडा, कोटेश्वर ।
समय :- ९:०० बजे ।
१२.नेपाली काङ्ग्रेस रौतहट क्रियाशिल सदस्यतामा भएको धाधली विरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम गर्ने ।
स्थान :- नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपा, ललितपुर ।
समय :- ९:०० बजे ।
१३.नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दोलखा-काठमाडौं सम्पर्क मञ्चले सम्पर्क मञ्च गठन, प्रशिक्षण तथा जनगायक जीवन शर्मा लाई सम्मान कार्यक्रम गर्ने ।
स्थान :- गौरीशंकर पार्टी प्यालेस, कोटेश्वर ।
समय :- १०:०० बजे ।
१४.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विगु - काठमाण्डौ सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम हुने ।
स्थान :- कालिन्चोक, खड्का पार्टी प्यालेस, कोटेश्वर ।
समय :- १०:०० बजे ।
१५.राष्ट्रिय युवा संघ नेपाल सूर्यविनायक नगर कमिटीको प्रथम पूर्ण बैठक बस्ने ।
स्थान :- नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय सूर्यविनायक, भक्तपुर ।
समय :- १०:३० बजे ।
१६.नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्चले क्षेत्रिय, नगर तथा पालिका काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रम गर्ने ।
स्थान :- कृष्णभोक पार्टी प्यालेस, काठमाडौ ।
समय :- ११:०० बजे ।
१७.नेकपा (एमाले) ठुलो पर्सेल काठमाण्डौं सम्पर्क समितिले कार्यकर्ता भेला गर्ने ।
स्थान :- रिमठिम रेस्टुरेन्ट, नयाँ बानेश्वर ।
समय :- ११:०० बजे ।
१८.नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेमाल गाउँपालिका वडा नं. ८ र ९ मेच्छेद्वारा मेच्छे-काठमन्डौं सम्पर्क मन्च गठन कार्यक्रम गर्ने ।
स्थान :- क्वालिटी फुड क्याफे, तिनकुने ।
समय :- ११:०० बजे ।
१९.नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा चौरीदेउराली-काठमाडौं सम्पर्क मञ्चको ऐतिहासिक दोस्रो सम्मेलन हुने ।
स्थान :- ओम साई पार्टी प्यालेस, पुरानो बानेश्वर ।
समय :- ११:०० बजे ।
२०.नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बस्ने ।
स्थान :- तुल्सी लाल स्मृति भवन, च्यासल, ललितपुर ।
समय :- ११:०० बजे ।