काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोन महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानूनी प्रबन्ध हुनुपर्ने बताउनु भएको छ । नेपाल चिकित्सक संघको शनिबार जारी स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुँर्दै प्रधानमन्त्री देउवाले यस्तो विषयमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहनेभन्दै, महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिनुपर्ने बताउँनुयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो ‘विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको स्वास्थ्य सेवालाई परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज पार्दै जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ ।’
साथै उहाँले कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नेपालको एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सदैब प्ररास्त गर्दै आईरहेको समेत स्पष्ट पार्नुभयो ।
महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै कोभिड विरूद्धको खोप विकास पश्चात सबैका लागि सुपथ, सरल र सहज पहुँच; ज्ञान तथा अनुभवको साटासाट र औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति जस्ता कार्यहरु नै सरकारको पहिलो प्राथमिकतामा रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुयो ।
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले विश्व कोभिड–१९ को महामारीसँग निरन्तर जुँधिरहेको र यसका लागि विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर संचालन भई रहेको अवस्थामा नेपालले यस महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्ने वातावरण बनाउँन सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नु भयो ।
डा. कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली नागरिकहरुको जीवन रक्षाका निम्ती स्वदेशमा उपलब्ध सिमित, स्रोत, साधनको अधिकतम सदुपयोग गर्दै स्वास्थ्य सेवा प्रवाहमामा निर्वाह गर्नुभएको अतुलनिय भूमिकाको समेत उच्च प्रशंसा गर्नु भयो ।
उहाँले संघले प्राथमिकता राखेका विषयवस्तुमा विज्ञहरुको संलग्नतामा यस शिखर सम्मेलनको आयोजना गरेर नेपाल सरकारलाई बैज्ञानिक नीतिगत सुझाब प्रस्तुत गर्ने योजना बनाएको भन्दै सम्मेलनले जारी गर्ने घोषणा पत्र र नीतिगत निचोडबाट ठोस एवं प्रभावकारी रणनीति तर्जुमा गर्न सघाउ पु¥याउने विश्वाससमेत ब्यक्त गर्नुभयो ।