काठमाडौं । नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत मंगलबार राति साढे ८ बजेसम्म प्रतिनिधिसभातर्फ ९ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस ५, एमाले ३ र जनमत पार्टी १ क्षेत्रमा विजयी भएका छन् ।
त्यस्तै प्रदेशसभामा कांग्रेस ७, जनमत पार्टी २ र स्वतन्त्र १ को परिणाम सार्वजनिक भएको हो । प्रतिनिधिसभाको १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन भएको हो । जसअन्तर्गत देशभर केही ठाउँमा पुन: निर्वाचन हुनेछ भने अन्यत्र मतगणना धमाधम चलिरहेको छ । प्रारम्भिक नतिजा अनुसार कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।
प्रतिनिधिसभा
नेपाली कांग्रेस
काठमाडौं-१ प्रकाशमान सिंह
काठमाडौं-४ गगनकुमार थापा
मनाङ - टेकबहादुर गुरुङ
मुस्ताङ - योगेश गौचन थकाली
रसुवा-मोहन आचार्य
नेकपा एमाले
ललितपुर-२ प्रेमबहादुर महर्जन
काठमाडौं-९ कृष्णगोपाल श्रेष्ठ
उदयपुर-२ अम्बरबहादुर रायमाझी
जनमत पार्टी
कैलाली-३ गंगाराम चौधरी
प्रदेशसभा
नेपाली कांग्रेस
काठमाडौं ३ (१) छिरिङ दोर्जे लामा
मनाङ (१) मुनिन्द्रजङ गुरुङ
मुस्ताङ १ नम्डु गुरुङ
मुस्ताङ २ बिकल शेरचन
पर्सा २ (१) श्याम पटेल
रसुवा १(१) प्रभात तामाङ
ललितपुर २ (२) रामकृष्ण चित्रकार
स्वतन्त्र
मनाङ (२) राजीव गुरुङ (दीपक मनाङ्गे) निर्विरोध
जनमत पार्टी
सप्तरी २ (१) सतिशकुमार सिंह
सप्तरी २ (२) महेशप्रसाद यादव