जापान । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानको अध्यक्षमा भिम बुढाथोकी निर्वाचित हुनु भएको छ ।
भर्चुअलमाध्यमबाट आइतबार भएको अधिबेशनबाट २०२१-२३ अवधिका लागि बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा केपी वली, उपाध्यक्षमा ओम डाँगी, महिला उपाध्यक्षमा शान्ति जी.एम., उपाध्यक्षमा हरिभक्त वली रहनुभएको छ भने महासचिवमा मनोज डाँगी निर्वाचित हुनुभएको छ ।
सचिवमा पछि मनोनयन गरिने र सहसचिवमा तेजकुमारी परियर, कोषाध्यक्षमा पूर्णिमा डिसी/रेग्मी, सहकोषाध्यक्षमा मदन वली र प्रवक्तामा निरन्जन बुढामगर, सहप्रवक्तामा भरत सुवेदी निर्वाचित हुनुभएको छ ।
सदस्यहरु प्रीति चन्द (टोक्यो प्रमुख), रोशन घर्तीमगर (योकोहामा प्रमुख), रवीना पुनमगर (गुंबाकेन प्रमुख), तिलक व़ली, हस्तमाली बुढामगर, गोविन्द घर्ती मगर, पूजा घर्तीमगर निर्वाचित हुनुभएको छ ।
कमल बाँठा प्रमुख संरक्षक, सल्लाहकार समितिमा बसन्ती घर्ती/केसी र कुबेर वली रहनुभएको छ ।
संस्थाको भर्चुअल महाधिवेशनको प्रमुख अतिथि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष सन्दीप थापा हुनुहुन्थ्यो भने विशेष अतिथिमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय आर्थीक सल्लाहाकार तथा राप्ति समाज यूकेका अध्यक्ष हिक्मत रोका रहनुभएको थियो ।