नुवाकोट । ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिने थाङ्का तालिम सुरु गरिएको छ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको हो ।
अवसरलाई सदुपयोग गर्न अनुरोध गर्नुहुँर्दै समितिका कार्यकारी निर्देशक होम दोङले धार्मिक पर्यटनलाई जोड दिनका खातिर तालिमको आयोजना गरिएको बताउँनुभयो ।
सीप ज्ञान अमूल्य हुन्छ । आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशकको भनाई छ ।
तालिमका प्रशिक्षक मोहन दोङले तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताउँनुभयो ।
‘थाङ्कमा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ । यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ भन्दै उहाँले भन्नुभयो ‘यो एक महिना तालिम उपलब्धिमूलक हुनेछ ।’
तालिम प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहनुहुने छ भने तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायत जिल्लाका करिब डेट दर्जनभन्दा बढीको सहभागिता रहने जनाएको छ । कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्ह्या, लक्ष्मी रुम्बा लगायतको उपस्थिति रहेको थियो ।