फोटो: विश्व घिसिङ हङकङ
हङकङ । हङकङ तामाङ घेदुङको नयाँ नेतृत्व चयन गरिएको छ । १३ औ अधिवेशनमा अध्यक्षमा दुई जनाको उम्मेदवारी परे पछि निर्वाचन प्रक्रियामा जादा दुबैको बराबरी मत प्राप्त भए पछि , दुबै जनालाई एक÷ एक वर्ष आलोपालो संस्था संचालनको लागि अधिवेशनले जिम्मेवारी प्रदान गरेको हो ।
जसअन्तर्गत पहिलो अध्यक्ष सुष्मा वाइबा र दोश्रो अध्यक्ष अनिता पाख्रीनलाई संचालनको लागि जिम्मेवारी दिने निर्णय गरिएको छ ।
सुष्मा वाईबा २०१६ देखि घेदुङमा आबद्ध हुनुहुन्छ । उहाँले एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी पुरा गरिसक्नु भएको छ भने अनिता पाख्रीनले पनि सन्२०१८ मा घेदुङमा आवद्ध भएर सदस्य हुँर्दै सचिवको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।
काउलुन जोर्डनमा रहेको चुम्लुङ हिममा आइतबार ४ डिसेम्बर २०२२ का दिन आयोजित हङकङ घेदुङको भेलाले पहिलो वर्षको अध्यक्षको जिम्मेवारी पाउँनु भएकी सुष्मा वाइबाद्धारा प्रस्तावित नयाँ कार्यसमितिलाई पहिलो बैठक मार्फत मनोनितगरी पूर्ण कार्यसमिति चयन गरिएको हङकङ तामाङ घेदुङका पूर्व अध्यक्ष तथा संघिय सदस्य विश्व घिसिङले जानकारी दिनुभयो ।
अन्यपादधिकारीहरुमा उपाध्यक्ष स् राज नेगी तामाङ, महासचिव कृष्ण थिङ तामाङ, सचिव बिजय तामाङ, कोषाध्यक्ष कमली वाइबा तामाङ चयन हुनु भएको छ । उपाध्यक्ष र सहकोषाध्यक्ष चयन बाँकी छ । यस्तै सदस्यहरु मिलन घिसिङ, रवि वाइबा, दिनेश स्याङ्बो, असिङ वाइबा, भरत घिसिङ छनोट हुनुभएको छ ।
संरक्षक समितिमा दुर्गा योन्जन, प्रेम मोक्तान, विश्वनाथ घिसिङ, रमेश मोक्तान, जगधन थिङ तामाङ, हेम योन्जन तथा सल्लाहकार समितिमा कृष्ण स्याङ्दान, चन्द्र पाख्रिन, हरि वाइबा, बाबुराम पाख्रिन, कृष्णध्वज लामा, सन्त तामाङ, विष्णु पाख्रिन र अनु तामाङ चयन भएको हङकङ तामाङ घेदुङ संघका महासचिव कृष्ण थिङ तामाङले जानकारी गराउनुभयो ।
हङकङ तामाङ घेदुङको नयाँ नेतृत्व