काठमाडौं । प्रतिनिधिसभाका तीन तामाङ सांसदले मातृभाषामा शपथ लिनुहुने भएको छ । नुवाकोट १ बाट निर्वाचित हितबहादुर तामाङ, काभ्रेपलाञ्चोक १ बाट निर्वाचित सूर्यमान तामाङ दोङ र समानुपातिकबाट काभ्रेकी मिना तामाङले 'तामाङ मातृभाषा' मा शपथ लिने तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
उहाँहरुबाहेक अन्य २३ जनाले पनि विभिन्न मातृभाषामा शपथ ग्रहण गर्नेछन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदहरुलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ । शपथ जेष्ठ सदस्यको हैसियतले राप्रपाका नेता पशुपतिशमशेर जबराले खुवाउनुहुनेछ । उहाँले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिइसक्नुभएकोछ ।
कसले कुन भाषामा लिँदैछ शपथ ?
सराज अहमद फारुकी : उर्दु भाषा
हितबहादुर तामाङ : तामाङ भाषा
प्रदीप यादव : भोजपुरी भाषा
रुपा सोसी चौधरी : थारु भाषा
दुर्गा राई : कोइ/कोयू भाषा
रामसहाय प्रसाद यादव : भोजपुरी भाषा
रन्जु कुमारी झा : मैथली भाषा
कान्तिका सेजुवाल : नेपाली खस भाषा
अरुण कुमार चौधरी : थारु भाषा
गंगाराम चौधरी डगौरा : थारु भाषा
लालवीर चौधरी : थारु भाषा
विनिता कुमारी सिंह : मधेसी भाषा
चन्द्रकान्त राउत : मधेसी भाषा
अनिता देवी : मधेसी भाषा
सोनु मुर्मु : सन्याली सुमना श्रेष्ठ : नेपाल भाषा
मनिष झा : मैथली भाषा
लक्ष्मी तिवारी : अवधि भाषा
अशोक कुमार चौधरी : थारु भाषा
मिना तामाङ : तामाङ भाषा
असिम साह : नेपाली/मुस्लिम भाषा
सूर्यमान तामाङ दोङ : तामाङ भाषा
महिन्द्रराय यादव : हिन्दी भाषा
उमरादेवी यादव : भोजपुरी भाषा
किरण कुमार साह : संस्कृत भाषा