लन्डन । तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ चयन हुनुभएको छ । तमुधिं भवन मिचेटमा आइतबार सम्पन्न संस्थाको अधिवेशनले गुरुङको अध्यक्षतामा १२ औं कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो ।
दुई वर्षे कार्यकाललाई नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जुमकाजी गुरुङ, परशु गुरुङ र कमल कोने गुरुङ चुनिएका छन् भने महासचिवमा डा विशाल गुरुङ, सचिवमा विमल गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ र सहकोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै, स्पोर्टस् सेक्रेटरी क्या दीपक घले, कल्चरल सेक्रेटरी साधुराम गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, मिलन तमु र मदन गुरुङ, युवा संयोजक राजेन्द्र गुरुङ, च्यारिटी संयोजक कुमार घले र प्रोपर्टी मेम्बर अरुण गुरुङ चुनिनुभएको छ । कार्यसमिति सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, लिदिया गुरुङ, हेलिसा गुरुङ, बिनु गुरुङ, चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले हुनुहुन्छ ।
त्यसैगरी, आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित हुनुभएको छ । आमा समूहमा उपाध्यक्षहरु कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिव शान्ता गुरुङ, सचिव अञ्जु गुरुङ, कोषाध्यक्ष मुना गुरुङ र सहकोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ सहित १५ सदस्यहरु हुनुहुन्छ । सल्लाहकार एकेन्द्र गुरुङ प्रमुख आयुक्त तथा मेजर कृष्णबहादुर गुरुङ र नारायणसिंह गुरुङ आयुक्त रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचन गराएको थियो। प्रमुख निर्वाचन आयुक्त गुरुङले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनुभएको थियो ।
अधिवेशनमा तमुधिं यूकेका करिब दुई सय जना सदस्यको सहभागिता थियो ।