धादिङ । प्रतिनिधिसभाका सासंद एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हितबहादुर तामाङले फक्सेटार-धादिङबेंसी सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
माघे संक्रान्तिको अवसरमा आइतबार धादिङ निलकण्ठ नगरपालिका-५ फ्याक्सेमा चमेरे गुफा संरक्षण समाजले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रम तथा गोरु जुधाई महोत्सवमा सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री तामाङले स्थानीयको मागलाई संघ सरकारसँग लैजाने पहल गर्ने बताउनुभएको हो ।
‘हिजो संघीय सरकारले गर्ने गरेका ठुल्ठूला योजना पनि प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ,’ उहाँले भन्नुभयो, ‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङबेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउछु ।’ विकासका धेरै काम स्थानीय र प्रदेश सरकारले गर्ने भए पनि केन्द्र सरकारबाट पनि योजना सफल बनाउन सघाउने उहाँले प्रस्ट पार्नुभयो ।
फरक प्रसंगमा सांसद तामाङले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका बेला भएको कांग्रेससँगको गठबन्धन कांग्रेसकै कारण तोड्नुपरेको औंल्याउनुभयो । पूर्वसहमतिअनुसार कांग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनुपरेको प्रस्ट पार्नुभयो । ‘हिजो कांग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौं तर जितेर गइसकेपछि सरकार बनाउनेक्रममा कांग्रेसले चुनावअघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौं,’ तामाङले भन्नुभयो ।
उहाँले संसदमा सबै दलले विश्वासको मत दिएर सरकार गठन भएकाले केन्द्र अनुसारको सहकार्य स्थानीयस्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई आग्रहसमेत गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुस ११ गते नयाँ मन्त्रिपरिषद् गठन भएको छ ।
कार्यक्रममा वाग्मती प्रदेश सांसद गोविन्द लम्साल, मनराज भण्डारी, निलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मालगायतले बोल्नुभएको थियो । फ्याक्सेमा ८ वर्षदेखि माघे संक्रान्तिका दिन गोरु जुँधाइ महोत्सव हुँदै आएको छ । यसवर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो । गोरु जुधाई कार्यक्रम संघीय सांसद तामाङ र वाग्मती प्रदेशसभा सदस्य लम्सालले परेवा जोडी उडाएर उद्घाटन गर्नुभएको थियो । एको थियो ।
महान सहिदहरुलाई भावपुर्ण श्रद्धाञ्जली तथा लाल सलाम व्यक्त गर्दछु र परिवारजनहरुलाई गहिरो समवेदना व्यक्त गर्दछु ।