काठमाडौं । दसैं हिन्दु धर्मावलम्बीहरुले विशेषगरी मनाउने चलन छ । अन्य समयदायले पनि आफ्नै संस्कारअनुसार दसैं पर्व मनाउँदै आएका छन् । अरु बेलामा कामधन्दामा व्यस्त हुने र दसैंको बेलामा आफन्तसँग भेटघाट र मीठो मसिनो खानपान गरिन्छ । यो चाडको बेला मौसम पनि अनुकूल मानिन्छ । चिसो, गर्मी पनि खासै हुँदैन । वर्षमा एक पटक आफूभन्दा ठूलाबडाको हातबाट टीका, जमरा लगाउने भेटघाट गर्ने, सुख, दु:खका कुराहरु पनि साट्ने भएकोले यो उपयुक्त समय हो । तर, नेपाली समाजमा दसैं भनेपछि मुख्यतया खानपानको कुरा आउँछ । खानपानमा पनि एकैदिन पकाउने र दसैंभर खाने चलन छ अथवा घरमा मासु ल्याएको दिन धेरै खाने चलन छ ।
खानपानमा ध्यान दिएन भने रमाइलो चार्डपर्वले रोग ननिम्त्याउँला भन्न सकिन्न । त्यसैले चिकित्सकले चार्डपर्वको समयमा पनि खानपानमा धेरैथरीका र धेरै खाने चलन भएकोले मिलाएर खान आग्रह गर्दै आइरहेका छन् । आज हामीले वरिष्ठ पोषणविद् डा उमा कोइरालासँग दसैंको समयमा मासुका परिवार कसरी र कति खानेलगायतका विषयमा कुराकानी गरेका छौं ।
मासु खाने दसैंमा प्रचलन पनि हो । मीठो खाने, राम्रो लगाउने भन्ने हाम्रो भावनालाई मीठो खानेभन्दा के त पहिला पहिला खसी काट्ने खाने चलन थियो । तर अहिले हुनेखानेलाई त सधैं दसैं छ । मासु खानलाई दसैं नै कुर्नु पर्दैन । अहिले पनि गाउँघरमा निम्नमध्यम परिवारलाई गाह्रो नै छ । मासु खानलाई पर्व कुर्नु नै पर्छ । कुरा त मासु खाने र कस्तो मासु खाने भन्ने । अहिले विभिन्न अध्ययहरुले पनि के देखाउँछ भने खसी, बोकाको मासुभन्दा अरु राम्रो भन्ने देखाउँछ । कुन हिसाबले राम्रो भन्दा खसी, बोकाको मासुमा क्यालोरी कम, बोसोजन्य पदार्थ कोलेस्टोरल कम देखाउँछ । अनुसन्धानले पनि खसी, बोकाको मासुमा आइरनतत्व र खनिजतत्व धेरै हुन्छ जुन हाम्रो रगत बन्नको लागि अति आवश्यक हुन्छ । तुलनात्मक रुपमा खसी, बोकामा आइरनजन्य पदार्थ ९ प्रतिशत हुन्छ भने कुखुरा, बंगुरको मासुमा २ प्रतिशतभन्दा माथि ३, ४ प्रतिशत हुने देखाइरहेको छ । त्यो हिसाबले पनि हाम्रो पैसा पनि सदुपयोग होस् र शरीरलाई पनि फाइदा होस् भन्ने कुरा हामीले सोच्न जरुरी छ ।
खाना हाम्रो औषधिजस्तो होस भन्ने पनि भन्दै आइरहेका छौं । खाना मिलाएर खादा सक्दा शरीरलाई फाइदा हुन्छ भने त्यसैले दसैंमा खानपानमा ध्यान दिन एकदमै जरुरी छ । हामीले जे खान्छौं शरीरमा त्यही नै तत्व बन्ने भएकोले स्वस्थ र राम्रो खानुपर्छ भन्ने हो । अध्ययनले कुखुराको मासुमा २८ प्रतिशत क्लोस्टोरल देखाएको छ भने खसी, बोकाको मासुमा २२ प्रतिशत देखाएको छ । तर प्रोटिन खाँदा कस्तो खाने भन्ने कुरा आइरनतत्व र कोलेस्टोरलले निर्धारण गर्ने हो । समग्रमा हेर्दा खसी बोकाको मासु नराम्रो तर कसरी खाने भन्ने कुरामा निर्धारण गर्दछ ।
वर्षमा एक पटक घरमा खसी, बोका काट्ने, त्यस दिन टन्न खाने त्यो हाम्रो मानव स्वभाव पनि हो । तर आफ्नो शरीरको अवस्था टन्न खाएर पचाउन सक्ने छ भने समस्या भएन । तर तपाईंले खानु भएको खानाले तपाईंकै स्वास्थ्यलाई असर गर्छ भने खानपानमा ध्यान दिन जरुरी हुन्छ । आफ्नो शरीरको अवस्था कस्तो छ त्यो आफैलाई थाहा हुन्छ । जस्तो मिर्गौलाको बिरामीले माछा मासु खाइरहनुभएको हुन्छ भने कति मिर्गौलाका बिरामीलाई खानै हुँदैन, त्यसैले कति मात्रामा पचाउन सकिन्छ भन्नेबारे आफ्नो शरीरको प्रकृतिअनुसार पनि हुन्छ ।
तौलअनुसार मासु सेवन गर्नुस्
सामान्य व्यक्ति स्वास्थ्यमा खासै समस्या छैन् भने खानपान सामान्य रुपमा खाँदा हुन्छ । एक व्यक्तिको एक किलो तौलअनुसार एक ग्राम प्रोटिन खानु पर्दछ । जस्तो ५० किलो तौलका व्यक्ति हुनुहुन्छ भने एक दिनमा ५० ग्राम खाँदा राम्रो हुन्छ । सामान्य रुपमा पचाउन सकिन्छ त्यो शरीरको आवश्यकता पनि हो । क्याल्कुलेसन त कसले गर्छ तर ठिक्क खाने ताकि धेरै दिनसम्म खान सकियोस् ।
चिल्लो कम खानुस्
दसैं भन्नेबित्तिकै कबाफ लगाएको पक्कु खानलाई धेरै इच्छा गर्छौं । एकै दिन पकाउने अनि ४,५ दिन सम्म खाने चलन छ । यति लामो समयसम्म पकाएको मासु स्वादको हिसाबले त मीठो हुन्छ । तर गर्मीको समय पनि भएकोले फंग्स, ब्याक्टेरियाहरु आउने भएको हुँदा लामो समयसम्म पकाएर राखेको मासु सेवन नगर्दा नै स्वास्थका लागि राम्रो हुन्छ ।
एक दिन पकाएर धेरै दिन खानुभन्दा, मासु काटेर डिफ्रीजमा राख्नुभयो भने ५ देखि ६ दिनसम्म दैनिक पकाएर खादा स्वस्थकर मानिन्छ । मासु पकाउँदा चिल्लो कम, रस धेरै बनाएर खानुभयो भने शरीरले सहजै रुपमा पचाउन सक्छ । दसैंमा मासु खादा स्वाद परिवर्तन गर्ने हो भने हामीले उसिनेको मासु पनि खान सक्छौं रेस्टुरेन्टतिर उसिनेको मासु भनेर खाने चलन छ त्यही मासु घरमा उसिनेर नुन लगाउने र जिरासँग चोपेर खादा स्वाद पनि फरक स्वस्थकर पनि हुन्छ ।
टेस्ट जेन्ज गरेर खाँदा राम्रो हुन्छ, माछा, मासुसँगै सागपात खादा खानापानमा ब्यालेन्स पनि मिल्छ । फलफूल, शरीरले पचाउन सक्छ भने दही खाने तर कसैलाई बाथको समस्या छ भने दही सेवन गर्नु त्यति उचित मानिँदैन । सबै कुरा मिलाएर खाँदा मासुले गर्ने हानी कम गर्न सक्छ । फलफूल एउटा यस्तो चिज हो फ्रेस खादा हाम्रो शरीरलाई चाहिने धेरै तत्वहरु पाइन्छ त्यसैले दसैंमा मासुमात्रै होइन यस्ता कुराहरुलाई पनि ध्यान दिन जरुरी छ ।