काठमाडौं । दशैैं भनेपछि चिल्लो, पिरो, अमिलो, तेलमा तारेको माछा, मासुको परिकारको कुरा धेरै आउँछ । हामीले चार्डपर्व भन्दै माछा, मासु धेरै उपभोग गर्ने चलन छ । मुटु, मिर्गाैला लगायत दिर्घरोगीले दशैंमा कस्ता खानपान खाने भनेर वरिष्ठ पोषणवीद डाक्टर उमा कोईरालासंग ग्लोबल मिडियाका लागि अन्जु डिम्दोङले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं :
दशैंको समयमा स्वास्थ्यमा समस्या भएको नागरिकले सामान्य नागरिकले भन्दा धेरै ख्याल गर्नुपर्ने हुन्छ । मुटु, मिर्गाैला, क्यान्सर जस्ता रोगको औषधि सेवन गर्दै हुनुहुन्छ भने चिकित्सकको सल्लाह अनुसार औषधि नियमित सेवन गर्नु नै पर्छ । चाडपर्व हो भन्दैमा खानपानमा ध्यान दिईएन भने अझ धेरै समस्या निम्त्याउँन सक्छ । त्यसैले स्वास्थ्यमा समस्या भएका नियमित औषधि सेवन गरी राख्नु भएका नागरिकले विशेष ध्यान दिनुहोला ।
मिर्गाैलाको बिरामी
मिर्गाैलाको बिरामीलाई भने चिकित्सकले जसरी गाईड गरिराख्नु भएको छ त्यसरी नै खानपानमा ध्यान दिने हो । मिर्गाैलाको बिरामीले प्रोटिन धेरै खान सक्दैन । मिर्गाैलामा समस्या भएका बिरामीहरुले प्रोटिनको मात्रा धेरै भएको खानेकुराहरु खान मिल्दैन । यस्ता कुराहरु मिर्गाैलाले धेरै फिल्टर गरेर पठाउन नसक्ने हुँदा रातो मासु भन्दा पनि सेतो मासुमा झोल राखेर खान मिल्छ । तर बिरामीको शरीर अनुसार अथवा चिकित्सकको सल्लाह अनुसार नै खानपान गर्ने हो ।
अब कुनै मिर्गाैलाको बिरामीलाई चिकित्सकले मासु नै नखाउ पनि भनेको हुन्छ, त्यस्तो बिरामीले त खानै मिनले, अन्यले सेतो मासुमा झोल राखेर निश्चित मात्रामा सेवन गर्न सकिन्छ । कबाफ बनाएको मासु खाना मिल्दैन, चिल्लो पचाउन गाह्रो हुन्छ । शरीरलाई प्रोटीन पनि चाहिने भएको हुँदा झोल भएको मासु पनि खानुपर्छ । मिर्गाैलाको बिरामीले ताजा मासु गल्नी गरी पकाएर सुप बनाएर खादा पचाउनलाई पनि सजिलो र स्वास्थको लागि राम्रो हुन्छ । तर तारेको, एकै दिन पकाउने र लामो समयसम्म राखेर मासु खानु राम्रो हुदैन ।
मिर्गाैलाको बिरामीको शरीरको अवस्था हेरेर खानपान गर्ने हो ।
मधुमेहको बिरामी
मधुमेहको बिरामीले चिल्लो धेरै खानु हुँदैन । चिल्लो बिनाको मासु, उसिनेको मासु, सुप राखेर बनाएको मासु खान सकिन्छ । मुख्यकुरा धेरै क्यालोरी हुनु भएन । क्यालोरी भयो भने चिनीमा कन्भर्ट हुनसक्छ । त्यसैले गर्दा चिल्लो कम राखेर खादा खासै समस्या हुँदैन ।
मुटुको बिरामीले प्रोटिन धेरै नखानु
मुटुको बिरामीको हकमा भने प्रोटिन धेरै नखाँदा नै राम्रो हुन्छ । किनभने रक्तसंचारको पनि समस्या भईरहेको हुँदा रगत बढ्ने कुराहरुमा नियन्त्रण गर्दा नै राम्रो हुन्छ । माछा, मासुले रगत बढाउने काम गर्ने हुँदा यस्ता कुराहरुमा मुटुको बिरामीले धेरै ख्याल गर्नुपर्ने हुन्छ । दशैं भनेर जथाभावी खान मिल्दैन, एक दुई पिस मात्रै खाँदा राम्रो हुन्छ ।
क्लोस्टोरल
क्लोस्टोरलका बिरामीले खानपानमा ध्यान दिनु नै पर्छ । रगतमा चिल्लो पदार्थ जाने र धेरै भएपछि रगत बन्न नसके पछि आन्द्रा, नशाहरुमा टासिएर बस्छ र ब्लड सर्कुलेशनमा समस्या ल्याउँछ । क्लोस्टोरन हुने बिरामीले माछा, मासु नखादा नै राम्रो हुन्छ । चार्डपर्व रमाईलो गर्न मन लाग्छ तर आफ्नो स्वास्थको पनि ख्याल गर्नुपर्छ ।
क्लोस्टोरल शरीरले जब फ्याटलाई शोषण गर्न नसकेपछि बिस्तारै जम्दै जाने हो । यसले गर्दा शरीरको प्रक्रिया नै अनियमित हुने हुन्छ । क्लोस्टोरोलले गर्दा शरीरले राम्रोसँग काम नगरेको देखिन्छ । शरीरले नियमित काम गरेको छैन भन्ने थाहा भएपछि हामीले खानाबाट नै नियन्त्रण गर्न सकिन्छ ।
यस्ता बिरामीको जीवनयापनको बारेमा पनि भरपर्छ । सक्रिय हुनुहुन्छ भने थोरै मात्रामा मासु सेवन गर्दा समस्या नआउला तर हाम्रो जिवनयापनको रुटिङ सक्रिय छैन, अलि निस्क्रिय भएर बसेका छौं, हिंड्न मन नगर्ने, जहाँ जादा पनि सवारी साधानको प्रयोग गर्ने, शारीरक अभ्यास पटक्कै गरेको छैन भने यस्ता क्लोस्टोरोलका बिरामीले खानपान नियन्त्रण गर्नु नै पर्छ ।
प्रशस्त्र मात्रामा अर्थात दिनको ५ देखि ७ किलोमिटर हिंड्नु हुन्छ भने सहजरुपमा सबै कुरा पचाउन सक्छ ।