नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिका ५ मनकामना भुमेस्थानमा बस दुर्घटनामा परी घाइतेमध्ये ३४ जना डिस्चार्ज भएको त्रिशूली अस्पतालले जनाएको छ ।
निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले त्रिशूली अस्पतालमा उपचाररत ३४ जनाको डिस्चार्ज भइसकेको र ८ जना उपचाररत रहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार रिफर गरिएका १० जनाको काठमाडौं ग्रान्डी र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
जिल्ला अस्पताल त्रिशूलीमा किस्पाङकी एलिना तामाङ (२८ वर्ष), विजय तामाङ (२० वर्ष), एलिसा तामाङ (२० वर्ष), रमेश तामाङ (१७ वर्ष), सुरज तामाङ (२५ वर्ष) र प्रदेश तामाङ (२६ वर्ष) उपचाररत हुनुहुन्छ ।
किस्पाङकै (२८ वर्ष) का सोनाम तामाङ, रमेश तामाङ (अन्दाजी ३५ वर्षका), एकराज तामाङ (१९ वर्ष) यमनाथ भट्ट (४० वर्ष) को ग्रान्डीमा र कालीमाया घले (२७ वर्ष), सुजन तामाङ (१९ वर्ष), सुवाल भट्ट (१७ वर्ष), कुमारी तामाङ (२० वर्ष) आइत घले (३९ वर्ष) र भिम तामाङ (३२ वर्ष) को भने वीर अस्तापलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
किस्पाङ बस दुर्घटनामा काठमाडौंकी १७ वर्षीया निमा तामाङ र भोजपुरका २४ वर्षीय अन्जीव गुरुङ समेत घाइते हुनुभएको थियो ।
भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ बस किस्पाङको वडा नं ५ स्थित भुमेस्थानमा सोमबार बिहान करिब १० बजेर २५ मिनेट जाँदा सडकको भित्ता तर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।