पाँचथर । पाँचथरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा परित्याग गरी १५ नेता, कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेहरुमा संघीय समाजवादीका प्रविन राई, सन्जोक राई, रनमती राई, विक्रम राई, दिपेश राई, सोमबहादुर तामाङ माओवादीका जीवन राई, कांग्रेसका सुनिल तामाङ, महेन्द्र तामाङ, हरिमाया तामाङ, खड्क तामाङ, लक्ष्मण तामाङ, मानबहादुर लावती, विमला लावती र राप्रपाकी आशा तुम्वापो रहनुभएको छ ।
एमाले फाल्गुनन्द वार्ड नं. ३ को आयोजनामा सोमबार भएको दसैं तथा दीपावलीको शुभकामना आदनप्रदान साथै पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई एमालेका केन्द्रीय सदस्य, संविधानसभा सदस्य, पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ, विशेष अतिथि फाल्गुनन्द गाउँपालिका प्रमुख वीरबहादुर कुरुम्बाङलगायतले स्वागत गर्नुभएको हो ।
