नुवाकोट । राष्ट्र्रिय संगीतकर्मी संघ नुवाकोट अध्यक्षमा बिकी लामा चयन हुनुभएको छ ।
तामाङ प्लाजा बट्टार नुवाकोटमा सोमबार भएको संघको पाँचौ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुमार लामा, प्रथम उपाध्यक्षमा अर्चना स्याङ्तान, महिला उपाध्यक्षमा फूलमाया तामाङ, उपाध्यक्षमा महेन्द्रमान तामाङ र उत्तम भण्डारी, महासचिवमा करण तामाङ, सचिवमा शान्ति मम्बा, सहसचिवमा माधव अधिकारी, कोषाध्यक्षमा रेलीमाया गुरुङ, सहकोषाध्यक्षमा समीर लामा र प्रवक्तामा सन्दीपकुमार तामाङ छनोट हुनुभएको छ ।
सदस्यहरुमा पूजा तामाङ, सरिता तामाङ, सुशीला तामाङ, शान्ति तामाङ, शिव गोतामे, अनिता तामाङ, सुनिल कार्कीलगायत निर्वाचित हुनुभएको छ भने वरिष्ठ सल्लाहकार सुशील खड्का र दिनेश तामाङ पनि चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशसभा सांसद तथा निवर्तमान बाप्रदेश उपसभामुख राधिका तामाङ, विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेस नुवाकोटका वरिष्ठ उपसभापति राजु थापा, नेकपा एमाले नेता सुशील खड्का, नुवाकोट उद्योग वाणिज्य संघ अध्यक्ष ताराबहादुर कार्की, संगीतकर्मी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, समाजसेवी ज्ञानबहादुर कायस्थ, संघको वाग्मती प्रदेश अध्यक्ष रामहरि भण्डारी, वाग्मती प्रदेश महासचिव तथा नेकपा एकीकृत समाजवादीका प्रवक्ता मानबहादुर तामाङ, कराँतेका गुरु उत्तम राईलगायत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सांसद राधिका तामाङले नुवाकोटमा हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरुमा नुवाकोटकै कलाकारहरुलाई अवसर दिनुपर्ने बताउनुभयो । स्थानीय कलाकारहरुलाई अवसर दिएमा उनीहरुमा हौसला मिल्ने र फर्कन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य सुशील खड्काले प्रविधिले टाढा बनाएका मानिसहरुलाई गीत संगीतको माध्यमले नजिक ल्याएको बताउनुभयो । खड्काले नेपाली संस्कृति र परम्परालाई समेत गीत संगीतले जर्गेर्ना गरेको धारणा राख्नुभयो ।