काठमाडौं । तेह्रथुमको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । इटहरी ६ धरान रोडमा रहेको ग्लोबल आई हस्पिटल र म्याङलुङ नगरपालिकाको आयोजनामा हुने ६ दिन सम्म सञ्चालन हुने शिविरमा एशियामै प्रख्यात आँखा विशेषज्ञ डाक्टर बेन लिम्बुको नेतृत्वमा विदेशी चिकित्सक सहितको सेवा प्रदान गरिने छ ।
निःशुल्क शिविरमा आँखा जाँच तथा औषधी वितरण हुनेछ । साथै मोतिबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका लगायतका सम्पूर्ण आँखाको समस्याको बिरामीले सेवा लिन सकिने विशेषज्ञ डाक्टर लिम्बुले बताउँनुभयो ।
शिविर फेदाप गाउँपालिका, मेन्छयायेम गाउँपालिका, छथर गाउँपालिका र आङबुङ्ग स्वास्थ्य चौकीको सहयोग रहेको छ । आँखाको समस्या हुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता तेह्रथुमको नागरिकले भोगिरहेको समयमा आफ्नै जिल्लामा जन्मिनु भएका विशेषज्ञ डाक्टरको नेतृत्वमा हुने शिविर त्यहाँको नागरिकको लागि ठूलो अवसर हुनेछ ।
फागुन २१ देखि सुरु हुने शिविरले जिल्लाको विभिन्न स्थानमा फागुन २६ गतेसम्म सेवा प्रदान गरिने छ ।
शिविर हुने मिति र स्थान
फागुन २१ः फेदाप वडा नम्बर ४ को सम्दु स्वास्थ्य चौकीमा : समय बिहान ९ बजे देखि दिउसोको ३ बजेसम्म
फागुन २२ः फेदाप वडा नम्बर २ को ओयाकजुङ स्वास्थ्य चौकीमा : समय बिहान ९ बजे देखि दिउसोको ३ बजेसम्म
फागुन २३ः मेन्छयायेम वडा नं ६ मोराहाङ स्वास्थ्य चौकीमा : समय बिहान ९ बजे देखि दिउसोको ३ बजेसम्म
फागुन २४ः छथर गाउँपालिकाको वडा नं २ को छथर अस्पतालमा : समय बिहान ९ बजे देखि दिउसोको ३ बजेसम्म
फागुन २५ः टंकमन भवन, आङबुङ्ग स्वास्थ्य चौकी : समय विहान ९ बजे देखि दिउसोको ३ बजेसम्म
फागुन २५ र २६ : म्याङलुङ, तेह्रथुम जिल्ला अस्पताल : समय बिहान ९ बजे देखि दिउसोको ३ बजेसम्म
शिविरबाट अप्रेसन गर्नेपर्ने बिरामीहरूलाई फागुन २६ र २७ गते म्याङलुङको तेह्रथुम अस्पतालमा निःशुल्क अप्रेसन गर्नुका साथै औषधि वितरण गरिने छ ।