काठमाडौं । 'कोशी' खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः पहिचानको आधारमा नामांकन गराउन माग गर्दै आइतबार आमहडताल आयोजना गरिएको छ ।
'प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति'ले आह्वान गरेको हड्तालका कारण कोशी प्रदेशका जनजीवन प्रभावित हुनुका साथै उद्योग कलकारखाना, विद्यालयलगायत क्षेत्र बन्द भएका छन् । तर, एम्बुलेन्स, खानेपानी, विवाह, मरिमराउको गाडी, कूटनैतिक एवम् अन्तर्राष्ट्रिय नियोग, पत्रकार र मानवअधिकारका गाडीहरु भने सञ्चालन गर्न दिइएको छ । प्रदेश व्यापी आमहडताल आइतबार बेलुकी ५ बजेसम्म जारी रहने जनाइएको छ ।
२०७९ फागुन १७ गतेका दिन प्रदेश नम्बर १ को प्रदेश सभाले प्रदेश नामकरण गरेको थियो ।
आमहडतालको क्रममा झापा बिर्तामोडबाट कुमार साम्यु, गौरीमान राई, सामी पालुङ्वा, काँकडभिट्टाबाट ओमप्रकाश खापुङ, पवन मेचे पक्राउ परेको जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिनुभयो ।
आन्दोलनरत पक्षले ऐतिहासिक किरात खम्बुवान आन्दोलन, लिम्बुवान आन्दोलन, मधेस जनविद्रोह, आदिवासी जनजाति आन्दोलन, १०४ वर्षे राणा शासन अन्त्य गर्ने २००७ सालको क्रान्ति, निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यको जनआन्दोलन, १० वर्षे जनयुद्धको जगमा राजतन्त्र अन्त्य गर्ने २०६२/६३ को जनआन्दोलनको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमि एवम् साझा र संयुक्त पहिचानको आधारमा नामांकन गराउन माग गर्दै आएको छ । संघर्षसमिति शनिबार बेलुकी विभिन्न जिल्लामा राँके जुलुस निकालेको थियो । यही फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झन्डा गाड्ने र कोणसभाहरू, स्थानीय तह लगायतका सरकारी कार्यालयहरूमा तालाबन्दी, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने । कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरूलाई प्रतिकार, वडा तहसम्म सङ्घर्ष समिति विस्तार, पर्चा तयारी एवम् वितरण, भित्ते लेखन गरेको थियो ।
शनिबार सार्वजनिक आन्दोलन कार्यक्रमअन्तर्गत चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने रहेको छ । आन्दोलनरत पक्षले प्रदेश 'कोशी' नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि एवम् साझा बहुल पहिचानको आधारमा प्रदेश नामाङ्कन गराउने ऐतिहासिक आवश्यकता र जिम्मेवारी पूरा गर्न साथै घोषित आन्दोलन सफल पार्नका लागि नैतिक सहयोग तथा भौतिक सहभागिताका लागि सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई अपिल गरेको छ ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका घटकहरुमा
लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति (किरात याक्थुङ चुम्लुङ, जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, शिल्पी / दलित विशेष राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, धिमाल स्वायत्त क्षेत्र समिति, नेकपा (एस) निकट नेपाल लिम्बु सङ्घ समाजवादी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, सङ्घीय दलित मुक्ति प्रान्तीय मञ्च, सङ्घीय शेर्पा प्रान्तीय मञ्च, राष्ट्रिय जन मुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, किरात राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, कोचिला राष्ट्रिय मुक्ति मोर्चा, किरात याक्खा छुम्मा, धिमाल जाति विकास केन्द्र, किरात याक्खा लोकतान्त्रिक मुक्ति मोर्चा, सुनुवार सेवा समाज, राजवंशी समाज विकास समिति, आठपहरिया स्वायत्त क्षेत्र समिति, याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्च, अखिल नेपाल लिम्बु राष्ट्रिय मुक्ति मोर्चा, याक्खा स्वायत्त क्षेत्र समिति, लिम्बुवान स्प्रिङ आन्दोलन, याक्थुङ चलचित्रकर्मी सङ्घ, याक्थुङ लेखक सङ्घ, नेपाल मगर सङ्घ १ नं. प्रदेश समिति, नेपाल गन्गाई समाज, सिङ्सा कल्याण केन्द्र, थारु ग्रामथान, सङ्घीय लेप्चा स्वायत्त मञ्च, नेपाली काङ्ग्रेस पहिचानवादी सङ्घर्ष समिति, नेपाल तामाङ घेदुङ १ नं. प्रदेश समिति, नेपाली काङ्ग्रेस सम्बद्ध लिम्बु सङ्घ, नेकपा (एमाले) सम्बद्ध नेपाल लोकतान्त्रिक किरात लिम्बु सङ्घ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, (नेकपा क्रान्तिकारी) ।
२. किरात राई यायोक्खा र आवद्ध थरगत, भाषिक र भातृ संस्थाहरु
३. पहिचान सहितको प्रदेश नं. १ को पुनः नामाङ्कन अभियान समिति
४. नेपाल शेर्पा सङ्घ
५. नेपाल आदिवासी जनजाति महासङ्घ प्रदेश समन्वय परिषद् र आवद्ध सङ्घ संस्थाहरु ६. खम्बुवान राष्ट्रिय मोर्चा, केन्द्रीय समिति
७. सङ्घीय लिम्बुवान पार्टी, नेपाल ८. किरात मोर्चा
९. किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान
१०. लोसपा, लिम्बुवान राष्ट्रिय समिति
११. किरात राई लोकतान्त्रिक संघ
१२. जसपा, नेपाल, प्रवास विशेष प्रदेश समिति
१३. समाजवादी किरात राई संघ