रसुवा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गा नारायण श्रेष्ठले हजारौँको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध कतिपय राजनीतिक पार्टीहरूले विषवमन गर्दै हिँडिरहेको र सङ्घीयता विरोधीहरूलाई सडकमा समेत परिचालन गरिरहेको आरोप लगाउँन भएको छ ।
आइतबार रसुवामा आयोजित न्यायिक सहजकर्ताहरूको कार्यक्रम उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो बताउँनु भएको हो । साथै उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता सबै शक्तिहरू एकठाउँमा आउनुपर्ने कुरामा उहाँले जोडदिदै शान्ति प्रक्रियाको बाँकी काम शीघ्र पूरा गरेर देशलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्ने बताउँनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले स्थानीय सरकारले अर्धन्यायिक काम गर्ने अधिकार पाएको, जस अनुसार काम गरिरहे पनि न्याय सम्पादन गर्ने अधिकारीहरूमा कानुनबारे छिटोछरितो र प्रभावकारी न्याय सम्पादन गर्न मद्दत पुगोस् भन्ने हेतुले जिल्ला जिल्लामा यस्ता कार्यक्रमहरूको आयोजना मन्त्रालयले गर्दै आएको बताउँनु भएको हो ।
उहाँले भन्नुभयो “लोकतन्त्र भनेको कानुनको शासन र कानुनको नजरमा सबै बराबर हुने कुरा बताउनुहुँदै कानुन मान्छेको लागि बनाइएको हुन्छ मान्छे कानुनको लागि बनाइएको हुँदैन ।,तसर्थ कानुन सम्पादन गर्ने अधिकारीहरूले मान्छेलाई प्राथमिकतामा राखेर न्याय सम्पादन गर्नुपर्छ ।”
साथै विगतको एकात्मक राज्य प्रणालीमा जस्तो प्रक्रियामुखी भएर होइन अहिलेको सङ्घीय प्रणालीमा जनताको पक्षमा परिणाममुखी काम गर्न सहजकर्ताहरूलाई अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरू, न्यायिक सहजकर्ताहरू, न्यायिक समितिका सदस्यहरू, उपस्थित कार्यक्रमलाई मन्त्रालयको उपसचिव अनुशील सापकोटा, मुख्यमन्त्री कार्यालयका उपसचिव सुदर्शन ढकाल र जिल्ला न्यायाधीश ले अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामे, सचिव नारायण शर्मा, जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारिले पनि सम्बोधन गर्नुभएको थियो ।