सिन्धुली । सिन्धुलीको मरिणमा नेकपा माओवादी केन्द्रको अभियान सुरु भएको छ । माओवादी केन्द्र मरिणकाे सक्रियतामा मंगलबारबाट दुई महिने अभियान सुरु गरिएको हो ।
अभियान मरिण वडा नम्बर ३ बरुण भलायो टोल कमिटीका अध्यक्ष मरिचमान थिङको अध्यक्षता तथा माओवादी केन्द्र वाग्मती प्रदेशका कार्यसमिति सदस्य विमर्श मुक्तान 'प्रख्यात' को प्रमुख आतिथ्यता सुरु भएको हो ।
वार्डको बैठकअनुसार दुई महिनासम्म चल्ने अभियानले मरिणको टोलटोलमा टोल कमिटी, भ्रातृ संगठन, आवश्यक परेको ठाउँमा कमिटी पुनर्गठनलगायत गतिविधि हुने पार्टीका नेता तथा मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।
ग्लोबल मिडियासँग कुरा गर्दै नेता मोक्तानले भन्नुभयो, 'पार्टीको निर्णयअनुसार हामीले संगठन विस्तार र मजबुद बनाउन अभियान थालेका हौं, अभियानले टोलस्तरीय संगठनलाई मजबुत बनाउनुका साथै पार्टीमाथि भएको घेराबन्दीमा एकजुट बनाउनु त छँदैछ सरकार र जनतासँगको सम्बन्धलाई अझ सुमधुर बनाउनेछ ।'
संगठन बलियो भएको खण्डमा पार्टी र देशलाई फाइदा पुग्ने भएकोले केन्द्रको नीतिअनुसार टोलटोलमा पार्टी निर्माण अभियान थालिएको नेता मोक्तानले जानकारी दिनुभयो । दुई महिने अभियानको आज पहिलो दिन वडा नम्बर ३. मा मरिचमान थिङको अध्यक्षतामा टोल कमिटी पनि गठन गरिएको छ ।
कार्यक्रममा गाउँ कमिटी सदस्य हिरालाल सेन्चुरी, ३ नम्बर वडा पार्टी अध्यक्ष श्याम मोक्तान, निर्वाचित वडाध्यक्ष बाबुराम श्रेष्ठलगायत नेता, कार्यकर्ता तथा स्थानीयको उपस्थिति थियो । यो अभियान सबै वार्ड र टोलमा संचालन हुनेछ ।