काठमाडौं । शिल्पी विशेष प्रदेश लगायत संगठनले जनता समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई चितवनका भिम विश्वकर्मा हत्याकाण्डको स्थलगत प्रतिवेदन पेस गरेको छ ।
शिल्पी विशेष प्रदेश अध्यक्ष दलमर्दन कामी र दलित मुक्ति संगठन उपमहासचिव प्रदीप घताल शान्तद्वारा सोमबार स्थलगत प्रतिवेदन पेस गरेका हुन् । त्यसक्रममा नेताहरुले पार्टीको तर्फबाट सरकारसँग दोषीउपर कडा कारबाही माग गर्न र दलित शिल्पीमाथि हुने हत्या हिंसाविरुद्ध खरो रुपमा उत्रन भट्टराईसँग माग गरिएको शिल्पी विशेष प्रदेश अध्यक्ष दलमर्दन कामीले जानकारी दिनुभयो ।
उनका अनुसार प्रतिवेदन बुझ्दै भट्टराईले आफू सदैव दलित शिल्पी तथा उत्पीडित समुदायको पक्षमा रहेको भन्दै यस समुदायको हरेक आन्दोलनमा आफू सकेसम्म भौतिक रुपमै सहभागी हुने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यस अवसरमा शिल्पी विशेष प्रदेश सहईज्चार्ज कमला हेमचुरी, दलित मुक्ति संगठनबाट प्रदीप घताल शान्त, शिल्पी विशेष मुख्य सचिव डिबी नेपाली, सदस्यहरु रमेश विश्वकर्मा, गोमा भुसाल लगायतका नेताको उपस्थिति रहेको थियो ।
पूर्णपाठ
अध्यक्ष बाबुराम भट्टराई ज्यु।
पार्टी संघीय परिषद
जनता समाजवादी पार्टी केन्द्रिय कार्यलय बालकुमारी ललितपुर
विषय:- जानकारी अनुरोध बारे ।
यहि मिति २८ गते नव रात्रिकाे दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ ।
२०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ ता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक छ ।,
जसको कारण पछिल्लोपटक चितवनको भरतपुर महानगरपालिका वडा न.४ दुर्गाचोक नजिक वर्ष ५८ का भीमबहादुर विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनि जाँदा मन्दिरमा रहेका हिन्दु धार्मिक अतिवादी चिन्तनले ग्रस्त दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा, ढुङ्गा प्रहार गरि विश्वकर्माको हत्या गरिएको छ बिश्वकर्माको मृत्यु भएको बारेमा आम सञ्चार मार्फत यहाँहरुलाइ सर्वबिधितै छ ।
उक्त घटना शिल्पी (कथित दलित)समुदाय माथि हुदै आएको विभेद दमन अन्याय अत्याचार पुर्ण हत्याहिंसाकै पराकाष्ठाले गर्दा पुन चितवन जिल्ला भरतपुर उपमहानगरपालिका वडा नम्बर ४ दुर्गा चोकमा दोहोरिएको छ उक्त घटना सुन्न साथ जसपा नेपालको एक नेताकार्यकर्ता र दलित मुक्तिको अभियानता हुनुको नाताले जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको नेतृत्व गर्दै म आफै र जसपा नेपाल दलित मुक्ति संगठनका उपमहासचिव सन्त घताल प्रदीप सो स्थानमा पुगि पीडित परिवार र स्थानीय संग प्रत्यक्ष भेटी घटनाको बारे अध्यान अनुसन्धान गरियो ।
उक्त घटना घटनुको मुख्य कारण भिम विश्वकर्माले आफू हिन्दु धर्मको अनुवाइ रहेको र घटनाको दिन हिन्दु धर्मावलम्बीले प्रत्येक बर्ष मनाउने गरेको महान पर्व बडा दसैंलाई सफल बनाउन धार्मिक परंरा अनुसार नजिकै रहेको दुर्गा मन्दिरमा दुर्गाको पुजा गर्न भनी एक पाँच बर्सिय नातिनी लिएर मन्दिरमा पुगेको गएका थिए स्वयं बिश्वकर्मा हिन्दु धर्मावलम्बी भएकोले उक्त मन्दिरमा पुजा गर्न पुगेको र पुजा स्थल नजिक पुग्नसाथ दलित भित्र मन्दिरमा पस्न हुदैन भन्ने कुरा उठेपछी आफू हिन्दु रहेकोे र दलितहरू ले पनि पूजा गर्न पाउनुपर्छ भनेर आवाज उठाएको बुझियो ।
हत्या गरिएका विश्वकर्माले मैले पनि दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ म पनि हिन्दु हु मैले र मेरो परिवारले पनि यो मन्दिर बनाएका हौ अनि किन पुजा गर्न नपाउने भन्ने आवाज उठाउने क्रममा दुर्गा पुजा गर्न उपस्थिति सिताराम बस्नेत ‘तँ कामीले मन्दिर पस्ने कुरा गर्छस्’ दलित हरुलाइ निषेध गरिएको छभन्ने थाहा छैन भन्दै इँट्टा र पाइपले गर्दनमा टाउकोमा हानी लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए भने सोही विषयलाइ लिएर दुर्गा चौकमै फार्मेसी समेत खोलेर बसेका दिलिप श्रेष्ठले पुन टाउको हिर्काएर गिदी नै बाहिर निस्कने गरी हानेर बीभत्स हत्या गरेको घटना स्थाल र मृत्यक बिकका आफन्तहरुको भनाइलाई हामीले जस्ताको तस्तै भिडियो र आवाजहरुलाइ सार्वजनिक गरिसकाछौ घटना हिन्दुअतिवादी चिन्तनले ग्रसित मानसिकता बाट उत्प्रेरित रहि जातीय हिंसा गरि हत्या गरेको हाम्रो ठहर रहेको जानकारी अनुरोध गर्दछौं ।
यस घटना विरूद्व मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत अभियुक्त द्वय विरुद्ध किटानी जाहेरी दिइसकेको छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ तर बिगत देखिनै शिल्पी/दलित समुदाय माथि हुने गरेका यस्ता प्रकारका घटना,मुद्दाका बिसय बस्तुलाइ बङ्याउने तोडमोड हुने र पीडितले न्याय नपाएको सम्मका घिणित कार्य भएका थुप्रै उदाहरण र अनुभुती रहेकाले यो घटनामा लाई पनि कम्जोर बनाउन सक्ने स्थलगत निस्कर्स हाम्रो रहेको छ ।
आदरणीय अध्यक्षहरु , पार्टी पदाधिकारी ज्युहरु :
हाम्रो पार्टीले भाद्र १ देखि मंसिर मसान्तसम्मको ४ महिने सुज अभियान सन्चाल गरेको हुनाले पार्टीका आम नेताकार्यकर्ता अत्यन्तै ब्यस्त छौ भने हिन्दुहरुको पर्व दसैंले पनि ब्यास्त छौ यसकारण इच्छा शक्ति तीब्र हुदाहुदै पनि समयका बाबजुद तत्काल प्रत्यक्ष भौतिक रुपमा भेटी रिपोर्टिङ गर्न नसकेको कारण सामाजिक संजाल मार्फत आदरणीय नेतृत्व र आम नेताकार्यकर्ता तथा संचार्कर्मि सबैमा चितवन घटनाको बारेमा सामाजिक संजाल र पत्र पतृका रेडियो टेलीभिजन मार्फत खुल्ला पत्र जानकारी गराएका थियौ ।
आज मिति २०७८ कार्तिक ८ गते जसपा नेपाल संघीय परिषद अध्यक्ष ज्यु लाई जानकारी पत्र बुझाएको जानकारी अनुरोध गराउदै भिम बिश्वकर्माको न्यायका निम्ति साथै जातीय विभेद विरुद्ध निम्न माग र मुद्दालाई पार्टीको तर्फबाट सरकार र सम्बन्धित निकायलाइ न्यायका लागि तत्काल पहल कदमी लिइदिनुहुन जानकारी अनुरोध छ।
उक्त घटनाको न्यायीक छानबिनका लागि १शिल्पी(कथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति,
२,धार्मिक कुसंस्कार र कुरितिको अन्त्यका लागि आवाज उठाउने क्रममा भिम विश्वकर्मा जातीय हिंसा गरि मारिएका हुनाले सास्कृतिक सहिद घोषणा ।,
३,पिडकलाइ हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय दिलाउदै पिडक लाई आजिवनजेल सजाय
४,जातीय, लिङ्गीय, धार्मिक वा अन्य कुनै पनि बाहानामा विभेद गरि हत्याहिंसा हुन दोहोरीन नदिनको निम्ति बाताबरण सरकारको तर्फबाट
५, जातीय विभेद गरि हत्या गरिएका भिम बिश्वकर्माको पीडित परिवारलाई गाँस वास कपास शिक्षा स्वास्थ्य रोजगारको निम्ति विशेष राज्यसँग पहल गरिदिनुहुन पार्टी नेतृत्व संग जोडदार माग राख्दछौ।
दलमर्दन कामी,अध्यक्ष
जसपा नेपाल,शिल्पी विशेष राष्ट्रिय समिति एवं केन्द्रिय सदस्य
सान्त घताल ( प्रदीप )उपमहासचिव
जसपा नेपाल दलित मुक्ति संगठन ,एवं पार्टी एक नम्बर प्रदेश सदस्य