काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिनुभएको छ ।
बिहीबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
बैठकलाई सम्बोधन गर्नुहुर्दै प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने क्रम निरन्तर हुनुपर्ने भन्दै कमी भएमा दातासँग सहयोग माग्न, नभए आफैं खरिद गर्न आग्रह गर्नुभयो ।
बैठकमा मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्था, खोपको स्टक र पाइपलाइन बारे प्रस्तुती गरेको थियो। त्यस्तै कोरोना संक्रमणको जनशक्ति व्यवस्थापन र दरबन्दीलाई सुदृढ गर्ने बारे बैठक केन्द्रले प्रस्तुती गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले करिब ३४ प्रतिशतले पहिलो र २२ प्रतिशत नागरिकले दुवै डोज खोप लगाएको जानकारी गराएको छ भने सरकारले असोज मसान्तसम्म एक तिहाइ जनसंख्यासम्मलाई खोप लगाउने लक्ष्य लिएको थियो त्यो करिब पूरा भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चरणमा फाइजर १ लाख डोज आएको र पाइपलाइनमा मोडर्ना थप ४० लाख, फाइजर ४० लाख, चीनबाट थप ४० लाख भेरोसेल, माल्दिभ्सबाट २ लाख तथा क्यानडाबाट पनि थोरै मात्रमा आउने छ ।
चैत्र मसान्त सम्म सबै नेपालीलाई खोप लगाउँने सरकारको उदेश्य रहेको छ ।