युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ । 'मेरो संस्कृति मेरो पहिचान, शिक्षाको लागि समाज' भन्ने मुल नाराको साथ समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम 'म्युजिकल प्रोग्राम-१ २०२३' को तयारी पूरा भएको हो ।
युएईको दुई शहरहरु रस अल खैमहको इन्डियन एसोसिएसनमा जुन २९ तारिख ,दिउँसो ०३स्०० बजे र दुबईको एभरेस्ट क्लबमा जुलाई २ तारिख, दिउँसो १ बजे विजोड सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।
उक्त कार्यक्रमका लागि सांस्कृतिक प्रस्तुति दिन नेपालबाट चर्चित सेलो गायिका सुमिना लो, गायक प्रदिप लामा र मोडल तथा नायिका नम्रता सापकोटा युएई जादैहुनुहुन्छ भने युएईमा रहेका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिने तामाङ समाज युएईका महासचिव नवीन दोङले जानकारी दिनुभयो ।
विशेषगरी शिक्षाको कारण तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पछाडि परेको कुरालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा केही आर्थिक सहयोग गर्ने उदेश्यले उक्त म्युजिकल कार्यक्रम राखेको महासचिव दोङले बताउनुभयो ।
हाम्रो उदेश्य नाचगान मात्रै हैन, शिक्षाको कारण पछाडि परेको तामाङ समुदायले उत्थानको लागि सानो प्रयास पनि हो । कोही तामाङको छोराछारी पैसाको कारण पढ्न नपाएको देख्न नपरोस्, त्यसका लागि हामीले आफ्नो ठाउबाट गरेको सानो कोशिश हो यो सांस्कृतिक कार्यक्रम आयोजना गरिएको महासचिव दोङले बताउनुभयो ।
तामाङ समाज युएईले लामो समयदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक स्थिति नाजुक तामाङ समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति तथा तामाङ समुदायको बहुलियता भएको विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् भने युएईमा अलपत्र नेपालीहरुको समेत उद्धार गर्दै आइरहेको छ ।
यसअघि तामाङ समाज युएईले ूशिक्षाको लागि समाज कार्यक्रमू अन्तर्गत प्रदान गर्दै आएको रकम १११,१११ रुपैयाँलाई बढाएर १५५,५५५ रुपैयाँ दिने निर्णय गरिएको छ भने छात्रवृत्ति स्वरुप दिदै आएको १५,००० रुपैयाँ रकमलाई २०,००० रुपैयाँ दिने भएको छ ।
त्यसैगरी तामाङ समाजको उत्कृष्ट ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरूप प्रदान गरिने ूत्यउ त्बभिलत भ्लअयगचबनmभलत ब्धबचमूको रकम १५००० रुपैयाँलाई बढाएर २५,००० रुपैयाँ बनाउने निर्णय गरेका छन् ।