काठमाडौं । तामाङ समुदायको सांस्कृतिक बाजा डम्फूको गलत प्रयोग गरिएको भन्दै विभिन्न तामाङ संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।
काठमाडौंमा बसेको झण्डै ढेड दर्जन तामाङ संघ संस्थाले सामाजिक सञ्जाल मार्फत भिडियो नहटाए र पुनः गल्ती दोहोर्याएको खण्डमा सशक्त प्रतिरोध गर्न बाध्य हुने पनि जारी गरिएको सयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही दिन पहिला क्रिस्चियन धर्म प्रचारक मदन मोक्तानले सो धर्मको प्रतीक चिन्ह क्रस प्रयोग गर्नुका साथै डम्फूको उत्पतिका कथा समेतलाई गलत सन्देश जानेगरी निर्माण गरिएको श्रव्यदृष्य भजन सामाग्री युट्युब च्यानल र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको थियो ।
सोमबार काठमाडौंमा बसेको विभिन्न तामाङ संघ संस्थाका व्यक्तिहरूले गलत प्रचार गरिएको भन्दै सार्वजनिक गरिएको सामाग्री हटाउनुका साथै गल्ती नदोहोर्याउने गरी माफी माग्नु पर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठक पछि सार्वजनिक गरिएको सयुक्त विज्ञप्तिमा ‘कुनै पनि व्यक्तिले धर्म रोज्न पाउने नैसर्गिक मानवअधिकार र सबै जाति, समुदायको धर्म, सस्कृतिप्रति हाम्रो उच्च सम्मान छ । तर कसैको धर्म, संस्कृतिमाथि भएको यस्ता हस्तक्षेप, प्रहार र असहिष्णुता व्यवहारको पनि हामी उत्तिकै निन्दा र भर्त्सना गर्दछौँ ।’ भनिएको छ ।
‘क्रिस्चियन धर्म प्रचारक मन मोक्तान लगायतको समूहद्वारा गरिएको तथ्यहीन, भ्रमपूर्ण प्रचारबाजीले हाम्रो नेपाली समाजको धार्मिक, सांस्कृतिक विविधता र सहिष्णुतामा खलल पुग्न गएको हुँदा तत्काल उक्त सामाग्री सामाजिक सञ्जाल, युट्युबबाट हटाउनुका साथै आगामी दिनमा यसखालको गल्ती नदोहोर्याउने गरी यसबाट आँच पुग्न गएको तामाङ समुदाय समक्ष माफी माग्न र आत्मआलोचित हुन आग्रह गर्दछौँ । अन्यथा यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुने समेत अग्रिम सुसूचित गर्न चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङ, नेपाल तामाङ ताम्बा घेदुङका अध्यक्ष पासाङ दोर्जे मोक्तान, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, ताम्बा संघ नेपालका महासचिव खोजराज गोले, तामाङ डाजाङका अध्यक्ष फुल कुमार बोम्जन, दाङवोला ग्युईठिम तामाङ संघका अध्यक्ष निक्मर तामाङ, सेवा फिल्मसका अध्यक्ष बाबु जिम्बा, नेपाल राष्ट्रिय महिला विभागका महासचिव अमृता तामाङ, बज्रलिङ्क मिडियाका अध्यक्ष छेडुप लामा, बौद्ध शान्ति अभियान नेपालका संयोजक बुद्धराज लामा, तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तान तामाङ, नेपाल तामाङ मौलिक व्हाईला न्हानका अध्यक्ष सुनिता बल, तामाङ जुहारी कलाकार संघका अध्यक्ष प्रेम बहादुर घिसिङ, ह्याङला आदिवासी तामाङ समाज भक्तपुरका अध्यक्ष कर्म लोप्साङ लामा, सिन्धुपाल्चोक खान्दोके तामाङ जुहारीका कोषाध्यक्ष वाङज्यु तामाङ वाईबा, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा र धर्म टेलिभिजनका प्रस्तोता जनक तामाङले विज्ञप्तीमा हस्ताक्षर गरिएको छ ।
विज्ञप्ती