काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्ली विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि गम्भीर आरोप लगाउनु भएको छ ।
पश्चिम रुकुम सोती हत्या काण्डका दोषीलाई संरक्षण गरेको भन्दै नेता कामी सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा अर्थमन्त्री शर्मामाथि खनिँदै आउनुभएको हो । उहाँले फेसबुकमा लेख्नु भएको छ, 'पश्चिम रुकुम सोती नरसंहार हत्या काण्डका नबराज बिकलगायतका ६ जना भाइका परिवारले न्याय पाउँदैनन् तबसम्म हर किसिमले जनार्दन शर्मा शिल्पी समुदाय नजरमा अपराधी नै हुनेछ्न् ।'
नेता कामीले बुधबार पनि 'जनार्दन शर्मा अपराधी नै हुन्' भनेर पुन: फेसबुकमा लेख्नु भएको छ । उहाँको टिप्पणीमाथि माओवादी लगायत केही व्यक्तिहरुले प्रतिवाद र समर्थन गरेको समेत देखिएको छ । उहाँले अर्थमन्त्री शर्माका नेताकार्यकर्ताबाट सामाजिक संजालमा गाली गलौज र फोनमा आफूलाई धम्की आएको समेत उल्लेख गर्नुभएको छ । नेता कामी पूर्वमाओवादी हुनुहुन्छ । उहाँ बाबुराम भट्टराईले माओवादी छोडेपछि उतै लाग्नुभएको हो । पहिले नयाँ शक्तिमा रहेका कामी अहिले जसपामा रहनुभएको छ ।
गत वर्ष २०७७ जेठ १० गते पश्चिम रुकुमको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको थियो । सो घटना हत्या भन्दै त्यसका दोषीलाई संरक्षण गरेको भन्दै शर्मामाथि आरोप लागेको हो ।
नेता दलमर्दनको अर्थमन्त्रीमाथिको आरोप यस्तो छ :
जनार्दन शर्मा अपरधी नै हुन्
अर्थमन्त्री जनार्दन शर्माले निम्न काम नगरे कुनै पनि मूल्य चुकाउन तयार छौ । बिरोध र बहिष्कार गर्न छाडिन्न । कुनै अपराधी हत्याराको संरक्षण गर्नु त्यो पनि अपरधिनै हुन्छ ,यसकारण जनार्दन शर्माले नवराजलगायत ६ जनाको हत्याराको संरक्षण गर्न नाबी देखिको बल निकालेर संसदमा सत्ता र शक्तिको दुरुपयोग गरेर संरक्षण गर्न बहादुरी देखाए जुन विषय ७०-८० लाख शिल्पी(तथाकथित दलित )माथि विभेद दमन अन्याय अत्याचार हत्यानै थियो, हो।
सत्ता र शक्तिको गुलाम गर्ने यस्ता अपराधीको अपराधको संरक्षकको मतियार बन्दै मलाइ समाजिक संजालमा तथानाम अपमान जनक गाली बेइज्जती अपसब्दका गालिगलौज र तिम्रो धम्की मेरो लागि फुलमाला झै पहिरिएर विभेद विरुद्ध लड्नु तयार छु ।
अर्थमन्त्री जनार्दन शर्माका नेताकार्यकर्ताबाट सामाजिक संजाल गाली गलौज र फोनमा किन धम्की ? अर्थमन्त्री जनार्दन शर्मा ज्युले रुकुम चौरजारी नवराज बिक लगायत ६ जना भाइहरुको नरसंहार हत्या भएपछि घटनालाई सत्यतथ्य छानबिनमा प्रभाव पर्ने गरि सदनबाट हत्यारा अपराधीहरुको संरक्षण गर्दै बोलेको कुरालाइ उनी अर्थमन्त्री हुनुभन्दा अगाडि देखिनै अपराधी संरक्षण गर्ने भन्दै जनार्दन शर्मा ज्युको बिरोधमा उत्रिए र त्यसको निरंतरता चलिरहेकै छ। चल्नेछ ।
यस कुराले उहाँका नजिकका साथीहरू भनौ उहाका नेता कार्यकर्तालाई निकै चित्त दुखाइ भएछ मन दुखेछ यसकारण मेरा अन्तरवार्तामा फेसबुका लेखमा गाली गलौज अपसब्दा र फोन म्यासेन्जरमा धम्क्याउने गरेकाछ्न । अर्थमन्त्री जनार्दन शर्माका नेताकार्यकर्ता जस्ले मन दुखाएका छ्न उनिहरुलाइ भन्न चाहान्छु ।
हामी शिल्पी (तथाकथित दलित )समुदायले जनार्दन शर्माको बिरोध किन नगर्ने ?
१, जस्ले सदनमा बोल्न पाउने प्रक्रियालाई मिचेर जबर्जस्त समय खोसेर जघन्य अपराध माथि छानबिननै हुन नपाइ अपराधी लाई संरक्षण गर्दै भिर बाट हाम फालेर मरे भनेर हत्याराहरुको ढाकछोप गर्न पहल गरे ।
२, जनार्दन शर्माको गल्तीलाई ढाकछोप गरेर सत्ता र शक्तिको ओतमा रम्नेकी ? समाजमा रहेको विभेद अन्याय अत्याचार लाई कायम राखेर त्यसको बिरोध गरेजस्तै गरेर नेताकार्यकर्ता को नाममा ब्याज खाइ राख्ने ?
तिनका नेताकार्यकर्ता लाई मेरो प्रश्न । पश्चिम् रुकुम चौरजारी नवराज लगायत ६ जनाको हत्यामा संलग्न अपराधी हत्याराका संरक्षक अर्थमन्त्री जनार्दन शर्मा हुनभन्दा जनार्दन शर्माका नेताकार्यकर्ता बाट मलाई सामाजिक संजाल र फोनमा किन धम्की ?
हैन तपाई लाई चिन्ता लाग्यो आफ्नो नेतालाइ सारै भन्यो अब बिरोध नगरोस् भन्ने हो यदी भने र मैले बिरोध नगर्नुपर्ने होभने तिम्रा नेता अर्थमन्त्री जनार्दन शर्मा ज्युलाई भन
१,अर्थमन्त्री जनार्दन शर्मा ज्यु तपाईंको धेरै बिरोध आयो सदनमा नबराजका अपराधीको पक्षमा बोल्दा गरेको गल्ती स्वुकारेर माफी पर्यो रे।
२, नवराज लगायत ६ जनाका परिवार आमा बुवा लाई स्वास्थ ,गास वास कपास को जिम्मेवारी सरकारले गर्न गराउन र अपराधीलाई छिटोभन्दा छिटो कार्वाहीको लागि पहल गर्नुस भने सुझाव आयो हैन भने तपाइको कार्यलय भित्रै शिल्पी(तथाकथित दलित )हरु कार्यलय घेर्न आउदैछ्न ।पहिलानै सचेत हुनुहोस् भनेर सन्देश लगि दिनुस् ।
वाइयात रूपमा मलाइ म्यासेन्जरमा अपसब्द गालिगलौज र फोनमा धम्क्याएर आफ्नो दिमाग आफै खारब नगर्नुहोस् अन्याय अत्याचार विभेद दमनका विरुद्ध जस्तोसुकै चुनौती भोग्नु तयार छु।