काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा इजलास तोक्नु भएको छ । जबरालाई शुक्रबार सर्वाेच्च छिर्न नदिने बारको आजको कार्यक्रम अनुसार मुलगेटमा धर्ना कार्यक्रम भईरहेको थियो । जबरा भने बिहान १० ः ५० मा अर्काे गेटबाट सर्वाेच्च छिर्नुभएको उहाँले ८ वटा इजालास तोक्नु भएको हो । जबराले आफुलाई भने इजलास तोक्नु भएको छैन् ।
जबराले शुक्रबार न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोक्नु भएको हो ।
तोकिएको मुद्धामध्ये सात संयुक्त र एउटा एकल इजलास रहेको छ । प्रधानन्यायाधीश जबराले अहिलेको समस्याको निकास दिनु पर्ने मत राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई हप्तादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।
यस्तै आईतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिन नेपाल बार एसोसिएसनले जनाएको छ ।
शुक्रबार बिहानको धर्ना कार्यक्रमपछि बार एसोसिएसनको प्रांगणमा आयोजित सभामा बोल्दै एसोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने जानकारी दिनुभयो । आइतबार पनि बिहान १० बजेदेखि साढे ११ बजेसम्म सर्वोच्चको गेटमा धर्ना दिने कार्यक्रम रहेको ।