काठमाडौं । तामाङ समाज यूएई आबुधाबी क्षेत्रीय समितिको सातौँ अधिवेशन सम्पन्न भएको छ । २० जनवरी २०२४ गते इन्ष्टा क्याफे, अलफला आबुधाबीमा सम्पन्न सातौँ अधिवेशनबाट जीवन कुमार तामाङ (गोले) को अध्यक्षतामा ३९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षहरूमा आशिष थोकर, सन्दिप लामा, राजकुमार थोकर र कविता तितुङ चयन हुनुभएको छ । अधिवेशनले कोषाध्यक्षमा छ्योइसाङ दोर्जे तामाङ, सचिवमा कोकिल स्याङ्तान, सहसचिवमा सपना स्याङ्तान र प्रचार प्रसार विभाग प्रमुखमा सुशील थिङलाई चयन गरिएको हो ।
यस्तै सदस्यहरूमा निरू योन्जन तामाङ, आसिक मोक्तान तामाङ, निम पासाङ बोम्जन, सुशीला तामाङ, साया मोक्तान, ससीम पाख्रिन, कल्पना लामा तामाङ, पूर्णिमा तामाङ, सुमन लामा, दिपेन्द्र थिङ, नविना तामाङ, सुनिता तामाङ, सरिता योन्जन तामाङ, सल्मा तामाङ लगायत हुनुहुन्छ । सल्लाहकारहरूमा बुद्ध बहादुर तामाङ, बिर बहादुर लामा र भिमराज तामाङलाई चयन गरिएको हो ।
अध्यक्ष रोहित स्याङबोको सभापतित्व तथा केन्द्रिय अध्यक्ष डिल्लीराम तामाङको प्रमुख आतिथ्यता र संरक्षक सनिल घिसिङको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।