पोखरा । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधि रोशिला तामाङले जित्नुभएको छ ।
पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जित्नुभएको हो । उहाँले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट हृयाम्परहरु प्राप्त गर्नु भएको छ ।
प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ, सेकेण्ड रनरअप बर्षा तामाङ, भ्यर्वस च्वाइस अवार्ड अपर्ना तामाङले जित्नुभएको हो । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ हजार, सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ तथा भिवर्स च्वाइसका नगद २० हजार पुरस्कार हात पार्नुभयो ।
देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिले विभिन्न सवटाइटल पाउनुभयो । मनिका लामा तामाङले बेस्ट वक, रिमाया तामाङ मिस कल्चर, दिक्षा लामा मिस पंच्युअल, सुनामी तामाङ, टिसिरिङ तामाङ मिस फ्रेण्डली, अर्पना तामाङ बेस्ट हेयर, रोशिला तामाङ मिस ट्यालेण्ट, याङजी तामाङ मिस ब्युटी विथ परपोज, र बर्षा लामाले मिस कन्फिडेण्टको टाइटल जित्नुभयो ।
कार्यक्रममा राजु केसी, तीर्थ तामाङ, कमला गुरुङ, सन्तोष उपाध्याय निर्णायकका रुपमा रहनुभएको थियो । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइबाको सांगीतिक प्रस्तुति राख्नुभएको थियो ।
वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बैदाम तामाङ सेवा समाज कास्कीका अध्यक्ष ज्याक तामाङले गर्नुभएको थियो ।
साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाँको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुभएको थियो ।
हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।