जापान । नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितिको यही नोभेम्बर १४ तारिखमा आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरिबाबु तामाङको अध्यक्षतामा २५ सदस्यीय जनप्रगतिशील मञ्च नागोया क्षेत्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा नवराज चापागाईं, ज्ञानेन्द्र श्रेष्ठ र किसानलाल उप्रेती रहनु भएको छ भने सचिवमा रंजित गौतम, सहसचिवमा दिनेश लामा र सागर थापा बगाले, कोषाक्ष्यमा दावा शर्पा, सह-कोषाक्ष्यमा किरणसागर तिवारी र बोम गुरूङ रहनु भएको छ।
त्यसैगरी सदस्यहरूमा वैकुण्ठ गौतम, मनोज अधिकारी, किरण चौलागाईं, मानबहादुर तामाङ, रमेश विश्वकर्मा, सरोज गिरी, शिवराम बुढाथोकी, कृष्ण गुरुङ, अनिल अधिकारी, झरेन्द्र कुँवर, यम मगर, उद्धव पाण्डे, लक्ष्मी रिजाल र सुनीता तिवारी रहनु भाएको छ । अधिवेशनबाट रामबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । जसको सदस्यहरूमा नरबहादुर थापा, धनबहादुर खत्री, गंगा घर्तीमगर, पुष्पा घिमिरे, ओम देवकोटा र अजय थापा रहनु भएको छ ।
कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठ, जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अक्ष्यक्ष हवलचन्द्र लामा, पूर्वअक्ष्यक्ष मोहन खत्री, केन्द्रीय सचिव शालिकराम भण्डारी, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरी पुडासैनी, एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए निवर्तमान सचिव विष्णुप्रसाद घिमिरे, सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, च्यूबु मिए क्षेत्रीय इंचार्ज आरएच गौतम तथा अन्य क्षेत्रीय इंचार्जलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष हवलचन्द्र लामाले पार्टी र मञ्चको विधानसम्बन्धी प्रस्ट पार्नुभयो भने पूर्वी एसिया समिति सदस्य भवानी पन्तले आगामी दिनमा संगठनलाई अझै जुझारू रूपमा अगाडि बढ़ाउन खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्नुभयो । त्यसैगरी क्षेत्रीय इंचार्ज आरएच गौतमले पार्टीको आर्थिक, सामाजिक र नैतिक पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ र सबैमाझ पुर्याउन सकिन्छ भन्ने कुरा प्रस्ट पार्नु भयो ।
कार्यक्रममा नवनिर्वाचित अक्ष्यक्ष हरि दोङ तामाङले गर्वका साथ पार्टीको सदस्यता लिन र पार्टीलाई सहयोग गर्न अपिल गर्नु भयो । कार्यक्रममा संगठनको अवस्थाबारेमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो । अन्त्यमा नवनिर्वाचित कार्यसमितिद्वारा जनप्रगतिशील मञ्च जापानको केन्द्रीय अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धतासहित कार्यक्रम समापन भएको कुरा जापान बाट पत्रकार कान्ता गिरीले जानकारी दिनुभयो ।