सिन्धुली । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सिन्धुलीको अध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुलीमाढीमा सोमबार भएको चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । जिल्ला कमिटिको बरिष्ठ उपाध्यक्षमा बुद्ध नेपाली, समावेशी उपाध्यक्ष मेनुका आरण, सचिवमा संगिता डिम्दोङ, सहसचिवहरुमा मनोज दाहाल, मनोज कुमार मोक्तान र कोषाध्यक्षमा उद्धव श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा महेश ठटाल, सन्तोष दियाली, विक्रम भुजेल, बिर्ख बहादुर वाईवा, बविता परियार र विशाल सतशंकर चयन हुनुभएको छ । अधिवेशनले निकट प्रेस सेन्टर नेपालको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विनोद रायमाझी, मीन कुमार दाहाल, रुक्मिणी पोखरेल, नविन श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा विनोद रायमाझी, सरला सुनुवार, बुद्ध नेपाली, मनोज दाहाल, मीन कुमार दाहाल र संगिता डिम्दोङलाई चयन गरिएको छ ।
प्रेस सेन्टर नेपाल सिन्धुलीका निवर्तमान अध्यक्ष मीन कुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सिन्धुलीका ईन्चार्ज लेखनाथ दाहाल(राजन), प्रेस सेन्टर नेपाल बागमती प्रदेशका ईन्चार्ज लक्ष्मण खड्का र प्रेस सेन्टर नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्ति गर्नुभयो ।