टोकियो । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बाँस्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केसी चयन भएका छन् । मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जीवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा कुमार कोइराला, सहकोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।
सदस्यहरुमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वेलाई छनोट गरिएको छ । कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामनासहित सङ्गठनात्मक धारणा राख्नुभएको थियो ।
अधिवेशनमा जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वी एसिया इन्चार्ज डा भुपालमान श्रेष्ठ रहनुभएको थियो । स्वागत मन्तव्य सागर कार्कीले राख्नुभएको थियो भने बेनुका खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
त्यसैगरी नेपाली जनप्रगतिशील मञ्च जापानको फुकुओका, क्युस्यु क्षेत्रीय समितिको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले भिम बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मुक्तिनाथ ढकाल, संजय पौडेल, पवन अधिकारी चयन भएका छन भने सचिबमा रोशन भट्टराई सर्वसम्मत चयन भएका छन ।
यस्तै सह–सचिबमा दिपक राज चौलागाई, कमल बुढा र तिलाराम ढकाल चयन भएका छन भने कोषध्यक्षमा बिमल सापकोटा र सह–कोषध्यक्षमा रमेश रायमाझि चयन भएका छन ।
नयाँ कार्यसमितिको सदस्यहरुमा नरेश गुरुङ्ग, अनिस पाख्रिन, खेम बहादुर मगर, कृष्ण बस्नेत, दिपक क्षेष्ठ, होमनाथ राजवंशी, प्रज्वल चौलागाई, निरञ्जन बुढा मगर, अर्जुन परियार, नारायण अधिकारी र प्रतिमा प्रसाई चयन भएका छन ।
नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली जनप्रगतिशिल मञ्च जापानका सचिब शालिग्राम भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा 'हाम्रो नेपाल, हामी नेपाली' जापानका संयोजक फुकुओकाका अभिभाबक धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टंक गैरे, नेपाल जापान प्रेmण्डशीप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा र गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय समितिका सल्लाहकार छत्र दाहाललगाउतको उपस्थिति रहेको थियो ।
जम्मा सातवटा क्षेत्रीय समिति रहेको जपानको चारवटामा अधिवेशस सम्पन्न भैसकेको र
खान्साइ (ओसाका) को डिसेम्बर ६ तारिखमा अधिवेशन हुने जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिनुभयो । बाँकी सेन्दाइ र ओकिनावा क्षेत्रको अधिवेशन पनि चाँडै सम्पन्न गरी आगामि डिसेम्बर १२ मा मञ्चको आठौं राष्ट्रिय सम्मेलन गरिने अध्यक्ष लामाले बताउनु भएको छ ।