काठमाडौं । नेकपा माओवादी केन्द्र सिन्धुली – काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौंको छैटौँ भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
शनिबार भएको भेलाले तुलाराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । रिषि गड्तौलाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको भेलाले ५६ सदस्यको नयाँ कार्यसमिति गठन गरिएको हो ।
भेलाले समितिको उपाध्यक्षहरूमा सागर बख्रेल, विवा मङ्ग्राती र मनोज मानन्धर चयन गरिएको छ ।
समितिको सचिवमा जगत बहादुर श्रेष्ट, सहः सचिवमा श्याम प्रसाद दाहाल र कोषाध्यक्षमा दिल कुमार माझीलाई जिम्मेवारी प्रदान गरिएको हो ।
सिन्धुलीबाट काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बस्दै आएका विभिन्न व्यक्तिहरू समन्वय समितिमा आवद्ध हुनुहुन्छ । समितिले समस्यामा पर्नुभएका जिल्लाका नागरिकलाई सहयोग गर्दै आइरहेको छ ।
पार्टी उपमहासचिव हरिबोल गजुरेल, संघीय सांसद लेखनाथ दाहाल, प्रदेश सांसद मातृका भट्टराई ,सुस्पा भुजेल, वाग्मती प्रदेश नेकपा माओवादी केन्द्रका नेताहरू, सिन्धुली निल्ला पार्टी इन्चार्ज बसन्त माझी, अध्यक्ष पानीराज बोम्जन स्थानीयतहका अध्यक्ष तथा उपाध्यक्ष र सिन्धुलीबाट विभिन्न व्यवसायमा काठमाडौं बस्दै आउँनु भएका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।