काठमाडौं । रघुवंशी, कौशिक गोत्रीय भण्डारीलाई जोड्ने भण्डारीहरुको संस्था 'भण्डारी सेवा समाज, नेपाल'ले १७ औं स्थापना दिवस मनाएको छ ।
केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीको अध्यक्षतामा यही असोज ३ गते स्थापना दिवस भव्य रूपमा मनाइएको हो । भन्डारी सेवा समाज रघुवंशी, कौशिक गोत्रीय भण्डारीहरुलाई कुल घर र मूलघर (वंशावली)को माध्यमबाट जोड्न र सुख-दुःखमा साथ सहयोग गर्न भन्दै २०६५ असोज ३ गते (काठमाडौं जिल्ला प्रशासन कार्यालयमा (दर्ता नम्बर ३३४/०६५/६६) दर्ता भएको गरिएको हो ।
संस्थाको १७ औं स्थापना दिवस र नजिकिँदै गरेको वडादशैं, तिहार र छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम उपमहासचिव बद्रीकुमार भण्डारीले संचालन गर्नुभएको थियो भने कार्यक्रममा केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारी, प्रमुख संरक्षक जिवनकुमार भण्डारी, संरक्षक केशरबहादुर भण्डारी, संस्थापक अध्यक्ष ध्रुबबहादुर भण्डारी, वरिष्ठ उपाध्यक्ष रामकुमार भण्डारी, उपाध्यक्ष बागमती प्रदेशसभा सदस्य पूर्वमन्त्री मसिना भण्डारी, उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज कुमार भण्डारी, पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार क्षेत्रबहादुर भण्डारी, महासचिव राधाकृष्ण भण्डारी, सचिव रोजकुमार भण्डारी, कोषाध्यक्ष रामहरि भण्डारी, पूर्वमहासचिव माधव भण्डारीले संस्था स्थापनाकालदेखिको इतिहाससहित शुभकामना मन्तव्य र ईतिहासविद् एवं शिक्षाविद् शिवबहादुर भण्डारीले आर्य र भण्डारीहरुको ईतिहास र संस्कृतिको बारेमा संक्षिप्त रूपमा जानकारीमूलक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दिलिप भण्डारी, मधेस प्रदेशका अध्यक्ष बिक्रम भण्डारीलगायत विभिन्न जिल्लाका जिल्ला अध्यक्ष बन्धुहरुले शुभकामना मन्यव्य राख्नुभएको थियो । सत्रौं वार्षिकोत्सवको अवसरमा संस्थाका निवर्तमान अध्यक्ष केशरबहादुर भण्डारीलाई सम्मान गरिएको कुरा भण्डारी सेवा समाजका पूर्वमहासचिव तथा वरिष्ठ सदस्य माधव भण्डारी बताउनु भयो ।
धादिङबाट अग्रज बन्धु शम्भु भण्डारीले आफ्नो संदेशमूलक रचना र बन्धु मधुसुदन भण्डारीले रोचक खैजडी भजन प्रस्तुत गर्नुभएको थियो । समाजका केन्द्रीय सदस्य एवं राष्ट्रिय कलाकार रामहरि भण्डारीको नेतृत्वमा र राष्ट्रिय कलाकार दिनेश भण्डारी लगायतबाट अत्यन्तै राम्रो लोक र दोहोरी गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको थियो ।
काठमाडौंको धुम्बाराहीमा रहेको समाजका केन्द्रीय सदस्य बन्धु बिश्वराज भण्डारी संचालक रहनुभएको लर्ड पार्टी भेन्युमा आयोजना गरिएको कार्यक्रममा १७ औं स्थापना दिवसको अवसरमा केकसमेत काटिएको थियो ।
समाजले स्वदेश तथा विदेशमा रहनुभएका रघुवंशी, कौशिक गोत्रीय बन्धुहरुलाई एकसुत्रमा समेट्न मुख्यत ४ अभियानलाई अगाडि सारेको छ ।
(१) कुल घर र मुल (वंशावली) अभियानमा जोड्नको निम्ति देशभरि र विदेशमा रहनुभएका दाजुभाइ, बन्धुहरुबीच संगठन निर्माणको अभियान द्रुत गतिमा अगाडि बढाउने ।
(२) स्वदेश तथा विदेशमा रहेका रघुवंशी, कौशिक गोत्रीय भण्डारीहरुलाई जोड्न कुल पूजा र संस्कृतिसमेत खोजबिन गरेर वंशावली पुस्तकको दोस्रो संस्करण प्रकाशित गर्ने।
(३) काठमाडौं उपत्यकाको आसपासमा ५ देखि ७ रोपनी जग्गामा करिब ६-७ करोडको योजना प्रस्तुत गर्नुभएको छ ।
रघुवंशी, कौशिक गोत्रीय भण्डारीहरुको कुल मन्दिर र सत्सङ्ग सहितको कौशिक ऋषि आश्रम निर्माण गर्ने जहाँ अप्ठ्यारोमा परेका र सहाराविहिन रघुवंशी, कौशिक गोत्रीय ज्येष्ठ नागरिक भण्डारीलाई आश्रय दिने र रघुवंशी, कौशिक गोत्रीय भण्डारीहरुसम्बन्धी संग्रहालयको समेत निर्माण गर्ने।
(४) सामाजिक उत्तरदायित्वअन्तर्गत सम्भव भएसम्म आपत-विपत र सुख दुःखमा दाजुभाइ बन्धुबीच पुगेर सकेको सामाजिक उत्तरदायित्वमा सामेल हुने।
संस्थाका केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीले मुख्य उद्देश्य पूरा गर्न आर्थिक कोष निर्माण गर्न विभिन्न योजना प्रस्तुत गर्नुभएको छ । जुन यस प्रकार छन् ।
१. सदस्यता र लेवी अभियानअन्तर्गत,
(क) केन्द्रीय समितिमा रहेका पदाधिकारी एवं सदस्य बन्धुहरुबाट मासिक लेवी संकलन
(ख) ईच्छुक बन्धुहरुलाई संस्थाको आजीवन सदस्यता प्रदान गर्ने।
(ग) साधारण सदस्यता प्रदान गर्ने।
(घ) अन्य गोत्रका आफन्त वा व्यक्ति/व्यक्तित्त्वले पनि संस्थालाई योगदान गर्न चाहेमा मानार्थ सदस्यता प्रदान गर्ने।
२. मुठीदान अभियान:
यो अभियानअन्तर्गत प्रत्येक बन्धुले १ दिनको रु. १ जम्मा गरेर वार्षिक रूपमा संस्थालाई दान गर्ने।
३. वार्षिक क्यालेन्डर छपाईमा विज्ञापन संकलन गरेर र वंशावली पुस्तक छपाईबाट रकम संकलन गर्ने।
४. पिकनिक वा वनभोज जस्ता कार्यक्रम संचालन गरेर रकम संकलन गर्ने।
यो अभियान सफल पार्न तत्कालै चालिएको अभियान:
भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) का केन्द्रीय अध्यक्ष श्री वीरबहादुर भण्डारीबाट १७ औं स्थापना दिवसको अवसरमा उहाँले आफ्नो पुज्य बुबा टेकबहादुर भण्डारी एवं सम्पूर्ण परिवारबाट दैनिक रूपमा मुठीदान रु. १ सुरुआत पनि गर्नु भएको छ। यो महान अभियानलाई अघि बढाउन आफू र आफ्नो परिवारबाट आर्थिक कोषमा सहयोग रकम गर्नको निम्ति रकम घोषणा गर्नुभएको छ।
केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीबाट रु. १२०,५५५५/-
दाजु चित्रबहादुर भण्डारी रु. १०,०००/-
भाइ भुपेन्द्र भण्डारी रु. १०,०००/-
भाइ रामचन्द्र भण्डारी रु. १०,०००/-
आजीवन सदस्य वीर ब. भण्डारी रु. ५,५५५/-
आजीवन सदस्य चित्र ब.भण्डारी रु. ५,५५५/-
आजीवन सदस्य भुपेन्द्र भण्डारी रु. ५.५५५/-
आजीवन सदस्य रामचन्द्र भण्डारी रु.५,५५५/-
मानार्थ सदस्यमा केन्द्रीय अध्यक्षको ज्वाइँ सरोज बस्नेत एवं छोरी वर्षा भण्डारी(बस्नेत) बाट रु. ५५,५५५/-
मानार्थ सदस्यताको निम्ति केन्द्रीय अध्यक्षको बहिनी मीनकुमारी भण्डारी(कार्की) परिवारको तर्फबाट रु. ५,५५५/-
मानार्थ सदस्यता कबिता भण्डारी(थापा) रु. ५,५५५/-
मानार्थ सदस्यता सृजना भण्डारी (घिमिरे) रु. ५,५५५/-
मानार्थ सदस्य रामकृष्ण थापाको परिवारबाट रु २५,०००/-
केन्द्रीय अध्यक्ष, उहाँको परिवार एवं आफन्तबाट १३,५४,९९५/- प्राप्त भएको छ।
यो महान् अभियान सफल बनाउन निम्न व्यक्ति/व्यक्तित्त्वबाट आर्थिक कोषमा सहयोग रकम घोषणा गर्नुभएको थियो ।
यस संस्थाका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक जीवनकुमार भण्डारीबाट रु. ५,००,०००/- आजीवन सदस्यबापत २०६६ सालमा नै दिनुभएको रु. १०,१००/-
संरक्षक केशरबहादुर भण्डारीबाट रु. ५,००,०००/-
सिन्धुपाल्चोक, सुनकोशीका वसन्त भण्डारीले बुबाआमा धन ब.बहादुर/डम्बरकुमारी भण्डारीको स्मृतिमा रु. १,२५,०००/-
बागमती प्रदेश अध्यक्ष दिलिप भण्डारीको आमाको स्मृतिमा रु. १,०५,५५५/-
काठमाडौं, तारकेश्वरका खिलबहादुर भण्डारीबाट रु. १,००,०००/-
धादिङ, त्रिपुरासुन्दरीबाट गणेशराज भण्डारीले टिकाभक फाउन्डेसनमार्फत रु. ५५,०००/-
आजीवन सदस्यताको निम्ति शुल्क तिरी सक्नुभएकाहरु:
१. संस्थापक अध्यक्ष ध्रुवबहादुर भण्डारीले २०६५ सालमै दिनुभएको रु. १०,१००/- र पछि दिनुभएको: रु. ५,५५५/-.
२. प्रमूख संरक्षक जिवनकुमार भण्डारीबाट २०६६ सालमै दिनुभएको रु. १०,१००/-
३. उपाध्यक्ष कुमार भण्डारी: रु. ५,५५५/-
४. कोषाध्यक्ष रामहरि भण्डारी: रु. ५,५५५/-
५. महासचिव राधाकृष्ण भण्डारी: रु. ५,५५५/-
६. उपमहासचिव बद्रीकुमार भण्डारी: रु. ५,५५५/-
७. केन्द्रीय सदस्य टिकाध्वज भण्डारी: रु. ५,५५५/-
८. पुर्व एसएसपी भुपाल भण्डारी: रु. ५,५५५/-
मुठीदान अभियानमा सामेल हुन घोषणा गर्नेहरु:
१. केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारी एवं परिवार।
२. पुर्व महासचिव माधव भण्डारी एवं परिवार।
३. उपाध्यक्ष एवं माननीय मसिना भण्डारी एवं परिवार।
४. कोषाध्यक्ष रामहरि भण्डारी एवं परिवार।
५. संस्थापक अध्यक्ष ध्रुबबहादुर भण्डारी एवं परिवार ।
६. वरिष्ठ केन्द्रीय सदस्य थिरबहादुर भण्डारी एवं परिवार।
केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारीको यो महान् अभियानलाई पूर्ण सफल बनाउन स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ बन्धुहरु सबैले साथ दिनहुन हार्दिक अनुरोध गरिएको छ ।