१. पार्टीको सम्मेलन र खबरदारी सभा:
नेकपा(माओवादी केन्द्र)ले मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारी सभा गर्ने निर्णय गरेको छ
सरकारले गरिरहेको बेथितिहरूविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरिएको छ ।
२. केन्द्रीय समितिको बैठक:
बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ।
३. उपनिर्वाचनको तयारी:
मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीले सफलता हासिल गर्नका लागि आवस्यक तयारीका साथ जाने।
४. सरकारको कदमको आलोचना:
सरकारले राम्रो काम गर्ने व्यक्तिहरूलाई हटाइरहेको र यसले देशमा असाधारण परिस्थिति सिर्जना भइरहेको, कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएर सत्तामा गएको तर अहिले यो विषय सेलाएको, संविधान संशोधन गर्नुपरे अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने पार्टीको धारणा
५. प्रत्यक्ष निर्वाचन प्रणालीको माग:
माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने प्रस्ताव राखेको छ। यसले विकृति, विसंगति, र राजनीतिक अस्थिरताको अन्त्य गर्ने पार्टीको धारणा रहेको छ।