सिन्धुली । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातलाई तपाईले कार्यालय समयमा कार्यालयमा देख्न र भेट्न सक्नुहुन्न । पालिकाको सेवा लिन र अध्यक्षलाई भेट्न पन्चकन्या पुग्नुपर्छ ।
“हाम्रो सम्पदा, हाम्रो गौरव!”भन्ने मुल नाराका साथ मरिण गाउँपालिका वडा नं ५ मा अध्यक्ष मोक्तानले पंचकन्या पाेखरीमा नै कार्यकक्ष संचालन गर्दै पर्यटकीय स्थलको सरसफाइ साथै पुर्ण निर्माणकाे लागि निरन्तर रुपमा श्रमदान अभियान संचालन गर्दै आउनुभकाे छ ।

अध्यक्ष मोक्तान लगायतको टिम सचिवालयनै संचालन गरेर पन्चकन्याको विकासमा सक्रिय हुनुभएको छ । निरन्तर विकासमा अघि बढेको मरिणले पन्चकन्यालाई जिल्लाकै पर्यटकीय र रमणिय स्थल बनाउँने उदेश्यका साथ पालिकाका जनप्रतिनिधि र स्थानीयहरु सक्रिय रुपमा लागिरहेको छ ।

ऐतिहासिक स्थल पन्चकन्यामा हाल पार्क निर्माण,सरसफाई, रंगरोगन, हरियाली विस्तार, पोखरी संरक्षणका कामहरु भईरहेका छन् । झण्डै ७ विगाह जमिनमा अहिले यि कामहरु भईरहेका छन् । साथै पार्कमा चिडियाखाँना,फूलबारी बगैँचा निर्माण गरिने छ ।
ऐतिहासिक पन्चकन्या घुम्नलाई आउँने पर्यटकको लागि थप संरचानाको विकासमा पालिका लागि परेको हो । श्रमदानबाट पन्चकन्यालाई सून्दर बनाउन दैनिक धेरै नागरिकको सहभागीता रहेको छ ।

पालिका अध्यक्षका अनुसार दैनिक एक सय ५० देखि दुई सय नागरिकको सक्रिय सहभागीता रहेको छ । पार्क सम्पन्न नभएसम्म काम निरन्तर हुने छ । हामीले स्थानीयतहका प्रमुख, उपःप्रमुख आफै मैदानमा उत्रेर चर्चामा आउँने चलनलाई पछ्याउँनु भएको हो भन्ने प्रश्नमा अध्यक्ष मोक्तानले अरुको कुरालाई ध्यान दिनुभन्दा पनि कामको गुणस्तरका लागि आफै मैदानमा खटिएको बताउँनुभयो ।
आफु वडा अध्यक्ष भएदेखिनै सक्रिय रुपमा फिल्डमै गएर काम गदै आएको बताउहुँर्दै अध्यक्ष मोक्तानले अरुलाई अराएको काम र भन्दा आफैखटेर गरिएको काममा धेरै फरक हुनेभएको हुँदा फिल्डमा लागेको उहाँको भनाई छ । बिहान ८ बजेदेखि बेलुका पाँच बजे सम्म कार्यालयनै संचालननै पन्चकन्याबाट गरेर काममा निरन्तर लागि रहनु भएको छ ।
साथै मरिणको विकासका कुरा गर्नुपर्दा १५ किलोमिटर सडक कालोपत्रेको तयारी भईरहेको छ । संघ, प्रदेश र स्थानिय सरकारबाट सडक कालोपत्रेको लागि २३ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै मरिण उज्यालो गाउँपालिका घोषणाको पनि नजिक पुगेको छ । पालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्न अध्यक्ष मोक्तान सक्रिय रुपमा लाग्नु भएको छ ।
अध्यक्ष मोक्तान पालिकाको हरेक विकासका काममा आफै सहभागी हुने देखि नागरिकको समस्या जनस्तरमै गएर बुझ्ने र समाधान तर्फ लाग्दै आउँनु भएको छ ।

देशकै उत्कृष्ट पालिकाको रुपमा दर्ज भईसकेको मरिणले आफ्नो गाँउ आफै बनाउँभन्ने उदेश्यका साथ जनयुद्धका सहिद परिवारलाई मासिक भत्ता, सहिद परिवारका बालबालिकालाई निःशुल्क शिक्षा, विभिन्न पेशा व्यवसायमा लाग्ने नागरिकलाई प्रोत्साहन, एकल पुरुष भत्ता, उच्च शिक्षा हासिक गर्ने छोरीलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग, ,किसानलाई पेन्सन , स्वास्थ्य उपचारमा अनुदान, अतिविपन्न नागरिकलाई घर, अध्ययनमा सहजताको लागि साईकल वितरण देखि धेरै विकास तथा नागरिकको मन जित्ने कार्यक्रम मरिणले गर्दै आईरहेको छ ।