काठमाडौं । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखलाका लागि नेपाली टोली टिमको बिदाइ भएको छ । नेपाल क्रिकेट संघले मुलपानीस्थित केन्द्रिय कार्यालयमा आज स्कटल्यान्ड जाने टिमको बिदाई गरेको हो । बिदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतको उपस्थिति थियो ।
मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार रोहितकुमार पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । कप्तान रोहित परिक्षाको कारण दुई दिनपछि मात्रै त्यसतर्फ प्रस्थान गर्नेछन् । यस्तै, प्रशिक्षक स्टुवार्ट ल पनि पारिवारिक कारण बेलायतमै रहेको सचिव खड्काले बताउनुभयो । क्यानले दीपेन्द्रसिंह ऐरीलाई फेरि उपकप्तान बनाएको छ ।
रोहितकुमार पौडेल गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल नेपाली टिममा रहनु भएको छ ।