सिन्धुली । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानद्धारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा सार्वजनिक गर्नुभएको छ ।
गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष मोक्तानले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा स्थानियस्तरमै रोजगारको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, सडक उच्च प्राथमिकतामा राखिएको छ ।
साथै कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसाय लाई प्राथमिकता दिईने उल्लेख गर्नुभयो ।
निरन्तर रुपमा कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको मरिणले यसवर्ष पनि रैथाने बालीको संरक्षण र उपयोगमा प्राथमीकता दिने, धानबाली संरक्षण तथा स्थानीय बिउ उत्पादनमा प्रथामिकता दिईने नीति तथा कार्यक्रममा राखिएको छ ।
समृद्ध मरिण, सुखी मरिणबासीको नारालाई प्राथमिकता दिईने, आर्थिक समृद्धि, सुशासन र सेवा प्रबाहलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको मधुबनीबाट प्याराग्लाइडीङ संचालन गर्ने, पन्चकन्या पोखरीको संरक्षण तथा प्रचार प्रसार गर्ने, स्थानीय जातजाती तथा समुदायको परम्परागत संस्कृतीको संरक्षणमा विशेष योजना अघि बढाईने छ ।
वडा नम्बर ३ स्थित भालुमारामा औद्योगीक ग्राम स्थापना, भुमिहिन, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने, डिजिटल प्रविधिको उपयोगलाई प्राथमिकता दिइने लगायतका नीति तथा कार्यक्रम अघि सारीएको छ । छोटो समयमा कृषि, स्वास्थ्य , शिक्षा, सडकमा राम्रो उपलब्धी हासिल गरेको मरिणले अबको एक वर्षमा अझै राम्रो प्रगती गर्ने पालिकाको विश्वास रहेको छ ।