कुवेत। गैर आवासिय नेपाली संघ कुवेतको आसन्न नवौँ अधिवेशनका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष दिल कुमार पाख्रिनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ। गत १२ जुलाईमा उहाँले कुवेतको खैतानस्थित राजधानी रेस्टुरेन्टमा निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । पाख्रिनको प्रतिद्वन्द्वीका रुपमा संस्थाकै उपाध्यक्ष विकास सिंह ठकुरी र सदस्य चित्र बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समय देखि निरन्तर एनआरएनएमा रहेर नेपालमा परेको विपत्ति र कुवेतमा समस्यामा परेको नेपालीलाई उद्धार तथा सहयोग गर्दै आइरहेको छ ।
पाख्रिन एनआरएनमा लामो समयदेखि आवद्ध हुनुहुन्छ । उहाँ सदस्य, सहः कोषाध्यक्ष, दुई कार्यकाल महासचिव हुँर्दै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । निरन्तर समाज सेवामा लाग्दै आउनु भएका पाख्रिनले सक्रिय रुपमा काम गर्नको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पाख्रिन हाल आर डि क्रीएसन अनलाइन डट कमका प्रधान सम्पादक हुनुहुन्छ । साथै आदिवासी जनजाति महासङ्घ, नेपाल तामाङ घेदुङ कुवेत, मोरङ सुनसरी सेवा समाज कुवेत, भोजपुर सेवा समाज कुवेत लगायत थुप्रै अन्य संघसस्थामा आवद्ध भएर सामाजिक कार्यमा योगदान प्रदान गर्दै आउँनु भएको छ ।
वि.स २०७२ सालको विकासकारी महाभूकम्पको समयमा उहाँले एनआरएनएको कोषाध्यक्षको भूमिका निर्वाह गर्दै ठूलो मात्रमा राहत रकम सङ्कलन गरि नेपाली दूतावास मार्फत प्रधानमन्त्री राहत कोषमा सङ्कलित राहत रकम पठाउन उठाउँन सफल हुनुभएको थियो ।
यस्तै कोरोनाको समयमा महासचिवको भूमिकामा एनआरएनए केन्द्र सँग समन्वय गर्दै २ हजार ८ सय भन्दा बढी कम्पनी बन्द भएर अलपत्र परेका नेपालीहरूलाई उद्धारगरी हवाइ टिकटको व्यवस्था गर्नुभएको थियो ।
कोरोना महामारीको समयमा रोजगार गुमाएर अलपत्र परेका २० हजार भन्दा बढी नेपाली श्रमिकहरूलाई राहत वितरण कार्यमा समेत प्रत्यक्ष संलग्न रहिकार्य सम्पादन गर्नुभएको थियो । साथै एनआरएनएको महासचिवको जिम्मेवारीमै रहेको समयमा कोरोनाको महामारीमा कुवेत सरकारले दिएको ५ दिने आममाफीमा नेपाली दूतावास सँग सहकार्य गर्दै २ हजार ९ सय ९१ जना अवैधानिक हैसियतमा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।
कोरोना महामारीमा मध्यपूर्वका एनआरएनएले सयुक्त रुपमा ओमानबाट करिव ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाउने समयमा पनि पाख्रिनले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष पाख्रिनको सक्रिय भूमिकामा अन्तर्राष्ट्रिय संस्थाहरू सँग सहकार्य र समन्वय गर्दै ४ पटक सम्म निशुल्क स्वास्थ्य शिविर समेत सञ्चानल गर्नुभएको थियो ।
उहाँले करिब १२ वर्ष एनआरएनएमा आवद्ध रहेर काम गरिरहँदा धेरै अनुभव बटुलेको र कुवेतका श्रमिकहरूको समस्या समाधानमा आफू पूर्ण रुपमा दक्ष भएको कारण अध्यक्ष पदका लागि उम्मेदवारी दिएको दावी गर्नुभयो ।
अध्यक्षमा निर्वाचित भएपछि कुवेतमा रहेका श्रमिकहरूका लागि धेरै काम गर्न सकिने र अहिले सम्म एनआरएनएले गर्न बाँकी कामहरू गर्दै मध्यपुर्वमा एन आर एन ए को महत्व श्रमिकहरूलाई बुझाउँदै संस्थाको गरिमा माथिल्लो स्थानमा दर्ज गर्न उगर्नको लागि उम्मेदवारी रहेको जिकिर गर्नुभयो ।
साथै महासचिव रहेकै बेला कुवेतमा खुलेका सबै नेपाली रेस्टुरेन्टहरुमा एन आर एन ए का सदस्यहरुलाइ २० प्रतिशत छुटको व्यवस्था मिलाएका थिए।
त्यसो त मेडेक्स मेडिकल केयर र मेट्रो मेडिकल सँग पनि ३० प्रतिशत सम्मको लागि पहल भएको थियो। तर उनको कार्यकाल समाप्ती पछि ती एजेन्डाहरुमाथी फलो अप नभएको कारण त्यो प्रोजेक्ट त्यतिकै सेलाएर गयो। नेपाल रेमिट्यान्समा नै निर्भर छ। कुवेतबाट श्रमिकहरुले आफ्नो कडा मिहेनतका साथ कमाएको रेमिट्यान्सलाई बिना कमिसन वा ५० प्रतिशत मात्र कमिसनमा नेपाल रेमिट गर्नका लागि कुवेतकै एक प्रतिस्ठित कम्पनी अल मुल्ला एक्सचेञ्ज संग दोस्रो चरणको बंैठक समेत बसेको थियो तर उहाँको महासचिवको कार्यकाल समाप्त भए संगै त्यो प्रोजेक्ट पनि स्थागित भएर बसेको छ।
दिल कुमार पाख्रीन अध्यक्ष पदमा किन?
* एन आर एन ए को सदस्यत लिएर के फाइदा? भनेर प्रश्न गर्ने श्रमिकहरुलाइ हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर, र रेमिट्यान्स सेक्टरमा डिस्काउन्ट दिलाएर यी यी कुराहरुमा फाइदा छ भनेर जवाफ दिन।
* अत्यन्तै अनियंत्रित रुपमा रहेको घरेलु कामदारको विसय वार कि पार गर्न। जस्तैः घरेलु कामदार बन्द गर्ने भए नेपाल सरकार र कुवेत सरकारविच संवाद गराएर २० नम्बरे डोमेस्टिक भिसा नै ननिस्किने गरि कुवेत सरकारको सिस्टममा नै बन्द हुने गरि बन्द गराउने, खुलाउने भए नेपाल सरकारको कोषमा पनि पैसा जम्मा हुने गरि श्रम गरेर कामदारको सुरक्षाको ग्यारेन्टी गरि व्यवस्थापन गराउन।
* न्युनत्तम तलव ७५ केडिलाइ बढाएर कम्तिमा १२० केडि बनाउने सम्बन्धी सम्बन्धित निकायसंग बहस तथा छलफल पैरवी गर्न।
* विगत लामो समय देखि कुवेतलाइ नेपालले श्रमिकहरु दिइरहेता पनि अझै सम्म दुई देश विच श्रम सम्झौता भएको छैन। अब श्रम सम्झौता गराउन सम्बन्धित निकायलाइ दवाव सिर्जना गर्न।
* घरेलु कामदारहरु कुवेत वा अन्य खाडी मुलुक आइसकेपछी विभिन्न कारणबस मृत्यु भएमा नेपाल सरकारले शव नेपाल झिकाउन वैदेशिक रोजगार वोर्डबाट अर्थ व्यवस्थापन गराउन।
* कुवेतका नेपाली श्रमिकहरुको समस्याहरुलाइ सम्बोधन गराउन एन आर एन ए बाट नेपाल सरकार समक्ष डेलिगेशन लैजान।
* नेपाल सरकारले मध्यपुर्वमा कामदार जाँदा फ्री भिसा फ्री टिकट भने पनि न्युत्तम तलवमा मध्यपुर्वको खाडी मुलुकमा कामदार पठाउँदा म्यानपावर कम्पनिले अधिकत्तम रकम असुलेर कामदालरालाइ मारमा पारिरहेकाले फ्री भिसा फ्री टिकट कार्यन्वयन गराउन सबन्धित पक्षलाइ दवाव दिन र अधिकत्तम रकम असुल्ने म्यानपावर कम्पनिलाइ कारवाहिको दायरामा ल्याउन दवाव सिर्जना गर्न। * कुवेतबाट पर्यटन भित्र्याउन अहम भुमिका निर्वाह गर्न। * कुवेती नागरिकहरुलाइ नेपालको पर्यटन, कृषी तथा जलविद्युत क्षेत्रमा लगानी गराउन प्रोत्साहन गर्न।