काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा शुक्रबार राति भारी वर्षा भएको छ । वर्षाका कारण उपत्यका नदी आसपासका बजार तथा आवास गृह क्षेत्रमा डुबान भएको छ । कपन बालुवाखानी क्षेत्रमा सडकमै ठूलो भल बगेको छ । प्रहरीका अनुसार धोबी खोला आसपासका केही घरहरुका भुइँतलामा पानी पसेको छ ।
राति साढे १२ बजे गायक सीडी बिजय अधिकारीले धोबीखोलाको अनामनगर क्षेत्रमा हालसम्मकै ठूलो बाढी आएको भन्दै सुरक्षित रहन स्टाटस लेखेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो । साथै प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना जनाइएको छ ।
शुक्रबार साँझ छ बजे निकालेको बुलेटिनअनुसार शनिबार र आइतबारको मौसम अनुमान यस्तो छ ।
२०७८ साउन ९ गते ( शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ
राती : देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन १० गते ( आईतबार)
दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १ र बागमती प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदि नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।