काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको पत्रमा उल्लेख छ ।
काठमाडौ जिल्लाको महानगरपालिकाभित्र देहायका चार किल्ला तोकिएको सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराज गर्न नपाउँने प्रशासनको पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाको हिजोको जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेपछि १९ जनाको मृत्यू भएको थियो भने ३ सय ४७ जना घाईते भएका छन् । 