काठमाडौं । स्थानीयको सहयोगमा तिलिङ्गेटार प्रहरी प्रभाग पुनः निर्माण गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ को प्रहरी प्रभागमा पनि आगजनी र तोडफोडले पूर्ण क्षति भएको थियो ।
पुनः निर्माण सँगै कार्यालयलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्थापन पनि गरिएको छ । स्थानीयले ‘तिलिङ्गेटार प्रहरी प्रभाग पुनः निर्माण समिति –२०८२’ नै गठन गरि पुनः निर्माणमा जुटेका थिए ।
कम्प्यूटर,ल्यापटप र प्रिन्टर मोटरसाईकल एक÷एक थान हस्तान्तरण गरिएको छ । व्यक्तिगत र संस्थागत गरेर ३६ जनाबाट १९ लाख ७२ हजार ६ सय ४० रुपैया सहयोग प्राप्त भएको सचिव राकेश महर्जनले जानकारी दिनुभयो ।
पुनः निर्माण समितिका अध्यक्षमा दीपक भट्ट, उपाध्यक्ष नारायण क्षेत्री, सचिव राकेश महर्जन, कोषाध्यक्षमा प्रवीण टण्डन , प्रहरी प्रभाग इन्चार्ज प्र.ना.नी. अर्जुन कुशवाहा हुनुहुन्छ ।
यस्तै सदस्यहरूमा नवराज भट्ट, रत्न महर्जन, यादव कुमार श्रेष्ठ, शिव प्रसाद कँडेल, अमोल प्रधान, गोविन्द श्रेष्ठ, शम्भु पोखरेल, सिजेन डङ्गोल, दुर्गा विष्ट सुस्मिता आचार्य हुनुहुन्छ ।
समितिले प्रहरी प्रभाग पुनःनिर्माणको लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाता तथा श्रमदातालाई धन्यवाद व्यक्त गरेको छ । 

