घलेभन्ज्याङ, नुवाकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटको अध्यक्षमा कपिल शाह चयन हुनुभएको छ ।
अखिल (क्रान्तिकारी) जिल्ला समितिको आयोजनामा शनिबार पोष्टबहादुर बोगटी स्मृति पार्क पिपलटारमा भएको भेला तथा शुभकामना आदनप्रदान कार्यक्रममा समिति चयन गरिएको हो । समितिमा अध्यक्ष कपिल शाह, उपाध्यक्षद्वयमा जीवन तामाङ, रोजिना तामाङ, सचिव निराजन दाहाल,सहसचिवद्वयमा विजय रिमाल,पल सुनार र कोषाध्यक्षमा सजना खाती चयन हुनुभएको छ ।
सदस्यहरुमा अमिशा शाही ठकुरी, राजेन्द्र तामाङ, रिमा तिम्सिना,प्रदीप भट्ट,कञ्चन रानामगर,सुदीप राई,मनोज घतानी,दिपेश ठकुरी,नविन आचार्य ,सलिना तामाङ,सुमन तामाङ,करुणा खतिवडा चुनिनुभएको छ ।
नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिलाई पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, विमला सुवेदीलगायतलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष दिपेन्द्र थापाले गर्नु भएको थियो । कार्यक्रममा नुवाकोट जिल्ला इञ्चार्ज हिरानाथ खतिवडा , क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकाल र बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन पौडेल, योङ कम्युनिस्ट लिग (वाईसीएल) बागमती प्रदेश सहसचिव अर्जुन तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा माओवादी नेता एवं विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, माओवादी शिवपुरी गाउँपालिका अध्यक्ष मिनबहादुर तामाङलगायतको नेता, कार्यकर्ता, युवा, विद्यार्थीहरु उपस्थिति थियो ।







