काठमाडौं । अष्ट्रेलियाको क्वीन्सल्याण्डमा ल्होछार कार्यक्रम सम्पन्न गरिएको छ । २८६२ औं (ता ल्हो) सोनाम ल्होछारको अवसरमा अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेको तामाङ समाजले ल्होछार कार्यक्रम आयोजना गरिएको हो ।
तामाङ समाज क्वीन्सल्याण्डका संस्थापक– अध्यक्ष विजय तामाङको अध्यक्षता तथा Rod Setterlund OAM, President, Nepal Australia Friendship Association
नेपाल अष्ट्रेलिया मैत्री सङ्घका अध्यक्ष रोड सेटरलन्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको विशेष अतिथिमा तामाङ सोसाइटी अफ एनएसडब्लूका संस्थापक तथा मुख्य सल्लाहका गणेश तामाङ, अष्ट्रेलियाको पहिलो नेपाली काउन्सिलर, अष्ट्रेलियाको सिड्नीमा रहेको क्यान्टरबरी बैंकटाउन काउन्सिलको शहरको रोजल्याण्ड्स वार्डका लागि काउन्सिलर भद्रा वाइबा, तामाङ समाज एनएसडब्लूका पूर्व अध्यक्ष सुन्दोर्जी तामाङ, तामाङ समाज एनएसडब्लूका अध्यक्ष अबिरल तामाङ र पत्रकार प्रतिक ङयास्यूरले नयाँ वर्ष अर्थात ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै ल्होछारको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा OAM- NAFA का अनुसन्धान तथा मूल्याङकन अधिकारी डाक्टर Deborah Setterlund लामा गुरु Geshe Phuntsok Tsultrim उपस्थिति रहेको थियो ।
२८६२ औं ता ल्हो को अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा क्वीन्सल्याण्डमा रहेका तामाङ समुदायको विशेष उपस्थिति रहेको थियो ।