काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल वाग्मतीको अध्यक्षमा यदु गौतमको चयन हुनुभएको छ ।
सेन्टरको मंगलबार भएको तेस्रो सम्मेलनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले वरिष्ठ उपाध्यक्ष नानीमैया विष्ट, खुल्ला उपाध्यक्ष कपिलदेव खनाल, समावेशी उपाध्यक्ष अन्जु तामाङ, प्रमुख सचिव ध्रुव अधिकारी निर्वाचित गरेको छ । यस्तै खुल्ला सचिवहरुमा सुमन गैरे, सन्तोष दाहाल, सन्तोष देवकोटा, ध्रुवचन्द्र खड्का, जनजाति सचिवमा गौतम जिरेल, महिला सचिव चन्द्रकला खत्री, दलित सचिव गम्भीर बिक रहनु भएको छ ।
कोषाध्यक्ष बद्री अधिकारी, सदस्यहरु दुर्गा बस्नेत, सुन्तली थामी, अनुशासन समितिका संयोजक भरत अधिकारी र सदस्य गोपाल परियार रहनु भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटा, सेन्टरका लक्ष्मण खड्का, सुरेशचन्द्र अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्षलगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो ।