पोखरा । नेपाल तामाङ घेदुङको इकाई तामाङ बौद्ध सेवा समिति पोखरा-१३ को ११ औं अधिवेशन सम्पन्न भएको छ ।
विष्णु योन्जन तामाङको नेतृत्वमा १५ सदस्यीय समिति चयन गर्दै समितिको अधिवेशन शनिबार सम्पन्न भएको हो । समितिको उपाध्यक्ष शेरजंग वाइबा सचिव बृजेश थिङ, सहसचिव पवित्रा थोकर, कोषाध्यक्ष, बुद्धिमाया नेगी, सहकोषाध्यक्ष अमर घरा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरु बिले वाईबा, दलसिंह पाख्रिन, हर्कसुब्बा नेगी, डिलप्रसाद स्यांग्बो, थमन स्यांग्बो निर्वाचित हुनुभएको छ । बाँकी रिक्त पदमा २ महिलासहित १ पुरुष सदस्य थप्ने निर्णय भएको छ ।
समितिअन्तर्गतको महिला भ्रातृ संगठनको समितिको अध्यक्ष पुष्प थोकर, उपाध्यक्ष सुशा पन्नाचन तामाङ, सचिव शान्ति लोप्चन, सहसचिव आनी रुम्बा, कोषाध्यक्ष सिता सम्देन, देबी रुम्बा, तिर्थमाया लामा, मनु घिसिंग, बिष्णु थोकर, सुनिता तामाङ, देवी थोकर, पूर्णश्री वाईबा, लिला स्यांग्बो, रेशमकुमारी स्यांग्बो र नानीमाया थिङ निर्वाचित हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर योन्जनले आदिवासी तामाङ समुदाय आफ्नो मौलिकता प्रति गर्व गर्दै समुदायको चौतर्फी विकासका निम्ति एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष, नेफिन गण्डकीका सल्लाहकार दिपक वाईबाले विभिन्न कार्यक्रम प्रशिक्षण वा अभियानमार्फत धेरै भन्दा धेरै कुशल क्षमतावान तामाङ युवा नेतृत्व जन्माउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा रामप्रसाद सम्देन, टेकबहादुर स्यांग्बो, अन्जना डुम्जन, गौतमराज योन्जन, केशबहादुर थिङ, धर्मराज पौडेल, केशबहादुर थिङलगायतका नेतृत्वले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बुद्धिबहादुर रुम्बाको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चाललन बृजेश थिङ र स्वागत विष्णु योन्जनले राख्नु भएको थियो ।