लन्डन । नेकपा (माओवादी केन्द्र)को प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरुङ चयन हुनुभएको छ ।
आइतबार भर्चुअल जुममार्फत सम्पन्न चौथो महाधिवेशनले गुरुङको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको हो । पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनमा बेलायतका कार्यवाहक नेपाली राजदूत एवम् उपनियोग प्रमुख रोशनी खनाल पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । मञ्च यूकेका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको महाधिवेशनको खुल्ला सत्रमा अन्य राजनीतिक दलनिकट प्रवास संगठनका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
महाधिवेशनमा जनता समाजवादी पार्टीनिकट चन्द्र गुरूङ, नेकपा एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्चका कृष्ण तिवारी, राष्ट्रिय जनमुक्ति पार्टीनिकट जनमुक्ति मञ्च यूकेका अध्यक्ष नारायण पुन, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), नेपालका भक्त दुरा, नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुव अर्याललगायतले सफलताको शुभकामना दिएका थिए ।
मञ्चका नेता तुल छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा महिला विभाग प्रमुख विमला लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् । मञ्च यूकेको स्थापना सन् २००४ मा भएको हो । नेकपा विभाजन भएर पूर्ववत् नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भएसँगै प्रवासमा पनि सङ्गठनहरूको गठन पुनर्गठन भइरहेको छ ।
नेपाली जनप्रगतिशिल मन्च यूकेको पूर्ण कार्यसमिति
१. अध्यक्ष –मानबहादुर गुरुङ
२.उपध्यक्ष– शेरसिङ ठकुरी
३.उपाध्यक्ष– तुल छन्त्यल
४.उपाध्यक्ष– नवीन स्याङ्तान तमाङ
५. उपध्यक्ष– फुलप्रसाद कँडेल
६. महासचिव - बिमला लिम्बु
७.सचिव- कान्छाराम बुढाथोकी (बिनय)
८.सचिव- राजमनि राई
९.कोषाध्यक्ष- कपिल श्रेष्ठ
१०.सहकोषध्याक्ष - माया केसी ।
सदस्यहरु
११. राममणि रिजाल
१२.हरिकृष्ण पौडेल
१३. विष्णु चालिसे
१४. रूद्र गैरे
१५. मिलन लिम्बु
१६. बिपिन गुरूङ
१७. अरूण थापा
१८. जित गिरी
१९. महेश देवकोटा
२०. कृष्ण खनाल
२१.दिपककुमार गुरुङ
२२. लाक्पा डोमा शेर्पा लामा
२३.गंगाकुमारी गुरुङ
२४.विशाल गोले तामाङ
२५. राजेन्द्र गुरुङ
२६. वीर बराल
२७. सागर सुब्बा
२८. मेख गुरुङ
२९. रचाना राई
३०. हरि अर्याल
३१. बिष्णु माया बस्नेत
३२. रवि घिमिरे